काठमाडौं महानगर कै क्यान्टिनमा बासी खाना !

बिरगंज । काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिन नारायणी चमेना गृहमा बासी खाना भेटिएको छ ।क्यान्टिनको खानाका विषयमा गुनासा आएपछि अनुगमन गर्दा पकौडा बासी पाइएको तथा बासी खाना खुवाउने गरेको पाइएको हो ।
उसलाई कारबाही स्वरुप ५० हजार रुपैयाँ जरिवाना तिराइएको छ । महानगरका अनुसार मूल्यअनुसारको मात्रा उपलब्ध नगराएको, स्वच्छ खाना नभएको गुनासो पहिले पनि आएको थियो ।अनुगमनपछि खाना बनाउन प्रयोग गरिने तेल बढीमा ४ पटकभन्दा धेरै प्रयोग नगर्न, ताजा र स्वस्च्छ खानेकुरा उपलब्ध गराउन, बासी खानेकुरा नखुवाउन निर्देशन दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय