संसद् भवनमा लघुवित्त पीडित छिरेपछि इन्स्पेक्टरसहित ३२ जनालाई जिम्मेवारीबाट हटाइयो

मंगलबार, फागुन १५,
काठमाडौँ । संघीय संसद् भवन परिसरमा लघुवित्त पीडितहरू प्रवेश गरेको घटनामा प्रहरी प्रधान कार्यालय सुरक्षामा खटिएका इन्स्पेक्टरसहित ३२ जनालाई जिम्मेवारीबाट हटाएको छ ।गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले केहिवेरअघि संसद् भवनको सुरक्षामा खटिएका इन्स्पेक्टरसहित ३२ जनाको जिम्मेवारी खोसिएको हो ।

उनीहरूलाई संसद् भवनको सुरक्षा जिम्मेवारीबाट हटाएर कपनस्थित कार्यदलको कार्यालयमा फिर्ता बोलाइएको छ । उनीहरुको ठाउँमा नयाँ टोलीलाई खटाइसकिएको पनि बताइएको छ ।सोमबार दिउँसो भएको घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाइसकेको छ ।समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।
यस्तै गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक बोलाएर सोधपुछ गरिरहेका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतीघरदेखि बानेश्वरस्थित संसद भवन आसपास निषेधित क्षेत्र तोकेको छ।त्यसैबीच उनीहरू सुरक्षाकर्मीलाई छलेर संसद भवन परिसरमा पुगेका थिए। त्यहाँ पुगेर उनीहरूले नाराबाजी पनि गरेका थिए । सो घटनाले सिंहदरबारमा हलचल ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय