वीरगन्ज,१३फाल्गुन:वीरगन्जमा सशस्त्र प्रहरीले राजश्व छलेर भित्र्याइएकाे आशंकामा ७० लाख रुपैयाँ मुल्यकाे कपडासहितकाे एउटा ट्रक नियन्त्रणमा लिएको छ।
वीरगन्जस्थित एकीकृत भन्सार जाँच चाैकी(आइसिपी)बाट भन्सार जाँचपास भई काठमाडौं तर्फ जाँदै गरेकाे कपडा लाेड रहेकाे ना ८ ख ३९७८ नम्बरको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हाे।वीरगन्ज २५ बहुअरीस्थित सडकमा उक्त ट्रक सशस्त्र प्रहरीले राेकेर चेकजाँच गरेकाे थियाे।
त्यसक्रममा उक्त ट्रकमा रहेकाे ७० लाख रुपैयाँ मुल्यकाे कपडाकाे बिलबिजक शंकास्पद देखिएकाले कपडासहितकाे ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यले जानकारी दिए।
बरामद कपडाकाे ७० लाख र ट्रककाे ४० लाख रुपैयाँ मुल्यांकन गरेर आवश्यक अनुसन्धान र कारबाहीका लागि आइतबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको कर्मचार्यले जानकारी दिए।
वीरगन्जमा सशस्त्र प्रहरीद्वारा ७० लाखकाे कपडासहितकाे ट्रक पक्राउ
ताजा समाचार
लोकप्रिय
© 2025 Parsa Dainik | All Right Reserved | Privacy Policy
Powered by: ProTech