वीरगन्ज १० फागुन । पर्सा प्रहरीले हतियार सहित दुई । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले एक थान नलकटुवा पेस्तोल सहित दुई जनालाई आफ्नो नियन्त्रणमा लिएको हो।
प्रहरीले बुधबार राती करिव ११ बजे पर्सा जिल्लाको बहुदरामाई नगरपालिका वडा नम्वर ९ स्थित सडक खण्डमा चेकजाँचको क्रममा ना १२ प ४९७१ नम्वर मोटरसाइकलमा सवार दुई जनालाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक जिल्ला पर्सा कालिकामाई गाँउ पालिका वडा नम्वर ५ बस्ने वर्ष ४३ को दिपेन्द्र गिरीले आफ्नो ज्याकेट भित्र लुकाई छिपाई लगी रहेको अवस्थामा १ थान कटुवा पेस्तोल सहित मोटरसाइकल आफ्नो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी नायव उपरिक्षक प्रबक्ता तथा सुचना अधिकारी ध्रुब कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसै गरी सोही मोटरसाइकलमा पछाडी सवार रहेका पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्वर ९ बस्ने अन्दाजी वर्ष ३७ का शिवपुजन मुखिया समेतलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै गिरी र मुखिया बिरुद्ध हात हथतयार सम्वन्धी कसुरमा मुदा चलाउने बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता ध्रुव कुमार श्रेष्ठले बताउनुभयो ।
हतियार सहित दुई जना पर्सा प्रहरीको नियन्त्रणमा
ताजा समाचार
लोकप्रिय
© 2025 Parsa Dainik | All Right Reserved | Privacy Policy
Powered by: ProTech