गाजामा युद्धविराम गर्नुपर्ने प्रस्तावविरुद्ध भीटो, अमेरिका के चाहन्छ

राष्ट्रसङ्घका लागि अमेरिकी राजदूतले अहिले तत्काल युद्धविरामको माग गर्ने उपयुक्त समय नभएको बताइन्

गाजामा तत्काल युद्धविरामको आह्वान गर्दै प्रस्तुत एउटा प्रस्तावविरुद्ध संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसङ्घमा भीटो प्रयोग गरेको छ। त्यस्तो विशेषाधिकार प्रयोग गर्नुअघि अमेरिकाले अस्थायी युद्धविरामका लागि आफ्नो छुट्टै प्रस्ताव पेस गरेको थियो।
एल्जिरिआको प्रस्तावका कारण युद्ध अन्त्य गर्ने वार्ता “बिथोलिन सक्ने” वाशिङ्टनको तर्क थियो।
अमेरिकाको कदमको आलोचना भएको छ। उसका साझेदारहरूले युद्धविरामको प्रस्ताव रोक्ने ह्वाइटहाउसको निर्णयप्रति दुःख व्यक्त गरेका छन्।
आफ्नो प्रस्तावको मस्यौदामा अमेरिकाले रफाह सहरमा आक्रमण नगर्न चेतावनी दिएको छ।
बन्धक मुक्त नभए मार्चमा रफाहमा आक्रमण गर्ने इजरेलको चेतावनी
गाजाका कम्तीमा आधा भवनहरूमा क्षति पुगेको वा ध्वस्त भएको देखाउने नयाँ विश्लेषण
अमेरिकाले गाजामा जारी युद्धबारे राष्ट्रसङ्घमा भएका मतदानका क्रममा यसअघि “युद्धविराम” शब्दावली प्रयोग गरेको थिएन। यद्यपि राष्ट्रपति जो बाइडनले आफ्नो टिप्पणीमा युद्धविरामबारे चर्चा गर्न थालेका छन्।
राष्ट्रसङ्घको १५-सदस्यीय सुरक्षा परिषद्‌मा १३ देशले एल्जिरिआको प्रस्तावलाई समर्थन गरेका थिए भने यूके मतदान प्रक्रियामा सहभागी भएको थिएन।
चीनको कडा टिप्पणी
चीनले अमेरिकी भीटोको भर्त्सना गर्दै त्यसले “गलत सन्देश ” दिएको र “हत्या गर्ने काम जारी राख्न” बाटो खोलिदिएको टिप्पणी गरेको छ।
राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस-ग्रीनफील्डले हमास र इजरेलबीच कुराकानी भइरहेको बेला तत्काल युद्धविराम होस् भन्नु उपयुक्त समय नभएको बताएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय