के ब्रिटेनले नेपाललाई घोषणा गरेको ६७ अर्ब रुपियाँको सहयोग उसको इन्डो प्यासिफिक नीतिसँग जोडिन्छ?

ब्रिटेनले यो दशकको लागि नेपालका लागि सहयोग कार्यक्रम घोषणा गरेको छ

सन् २०३० भित्र नेपालको विकासका लागि ६६ अर्ब ८१ करोड रुपियाँभन्दा बढी अनुदान दिने आफ्नो मुलुकको निर्णय ‘ब्रिटेनको इन्डो प्यासिफिक झुकावसँग नजोडिएको’ बताउँदै यसले ‘दुई देशबीचको साझेदारीलाई नयाँ चरणमा प्रवेश गराएको’ यूकेको विकास तथा अफ्रिका सम्बन्धी मन्त्रीले बताएका छन्।
मन्त्री एन्ड्रयु मिचेलले आफ्नो नेपाल भ्रमणका क्रममा यूकेले नेपाललाई पाँच वर्षे विकास सहयोग प्रदान गर्ने घोषणा गरेका थिए जसले निजी क्षेत्रलाई विकासमा परिचालन गर्ने, जलवायु परिवर्तनसँग जुझ्ने र नेपालको आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको अधिकारीहरूले बताएका छन्।
काठमाण्डूस्थित ब्रिटिस राजदूतावासले उक्त विकास योजनाले नेपालमा १३ हजार ५ सय रोजगारी सृजना गर्ने, एक अर्ब डलर भन्दा बढी लगानी भित्र्याउने र २० लाख महिला र बालिकालाई शिक्षा र स्वास्थ्यमा सहयोग पुर्‍याउने उल्लेख गरेको छ।
नेपाल भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहालसहितलाई भेटेका मन्त्री मिचेलले पछिल्लो सहयोगले ब्रिटेन फेरी पनि विकास सहयताका क्षेत्रमा फर्कन लागेको सङ्केत दिएको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय