जनकपुर । मधेस प्रदेशको प्रहरी प्रमुख डीआईजी यज्ञ बिनोद पोखरेलले मधेस प्रदेश प्रहरी प्रमुखको कमान्ड सम्हाल्ने बितिकै ‘लागुऔषध कारोबार र कारोबारी विरुद्धको अभियान पहिलो प्राथमिकतामा राखेको छ । लागुऔषधले धेरैको परिवार बिगारेको छ । धेरैको घरमा पीडा दिएको छ ।’ मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी पोखरेलले कुरा गर्दै भने, ‘देशको सात वटै प्रदेश मध्य मधेस प्रदेश लागुऔषधको कारोबार हुने प्रदेश मध्ये एक हो । यो बिरुद्ध मधेस प्रदेशमा प्रहरीले स्वीप अप्रेसन सञ्चालन गर्नेछ ।’
स्वीप अप्रेसनकै क्रममा ; लागुऔषधसहित एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिल्लास्थित वीरगञ्ज महानगरपालिका– ८ पानीट्यांकी सडकखण्डमा विशेष सूचनाको अधारमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको सन्युक्त प्रहरी टोलीले बब्लुलाल कर्णलाई पक्राउ गरेको हो ।प्रहरीले चेकजाँच गर्ने क्रममा रिक्सामा पहेँलो रङको जेब्रा झोलामा लुकाई छिपाई राखिएको लागुऔषध नुरफिन ५०० एम्पुल, फेनारगन ५०० एम्पुल र डाइजेल्याब ५०० एम्पुल गरी जम्मा १५०० एम्पुल नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।पक्राउ परेका रिक्सा चालक र १५०० एम्पुल पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका– १ छप्कैया बस्ने वर्ष ५० का बब्लुलाल कर्णलाई लागुऔषविरुद्ध लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।
ठुलो मात्रामा लागुऔषध बरामद
ताजा समाचार
लोकप्रिय
© 2025 Parsa Dainik | All Right Reserved | Privacy Policy
Powered by: ProTech