भौतिक बिकासको नाममा करोडौं रुपैया खर्च गरेपनि गाउँपालिकाको मुख्य मुख्य सडक लथालिङ्ग

बिरगंज ।। बाराको बिश्रामपुर गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुटो र प्रमुख प्रशासकीय अधिकृत ई.सुधन लामिछानेको मिलोमतोमा भौतिक बिकासको नाममा करोडौं रुपैया खर्च गरेपनि गाउँपालिकाको मुख्य मुख्य सडक लथालिङ्ग अवस्थामा हुँदा जनता दिनहुँ सास्ती खेप्नु परेकोछ ।

बिश्रामपुर गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुटो बिकासको नाममा पालिकाको बजेट विभिन्न शिर्षकमा मिलाएर करोडौं रुपैया खर्च गरेपनि बिश्रामपुर गाउँपालिकाको मुख्य मुख्य सडकहरु अलपत्र अवस्था परेकोछ ।बिश्रामपुर गाउँपालिका देखि इटियाही, छातवा बरैनीया र बिश्रामपुरका सडकहरु अलपत्र अवस्थामा परेको हुँदा सो सडक बर्षामा होलो र घामको समयमा धुलोले दिनहुँ स्थानीयहरु सास्ती खेप्नु परेपनि गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुटो र प्रशासकीय अधिकृत ई. सुधन लामिछानेले कुनै चासो नदिएको स्थानीयहरुले गुणासो गरिएकोछ ।गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुटोले निर्वाचित भएको एक आर्थिक बर्षमा करोडौं रुपैयाँको बजेट खर्च गरेपनि गाउँपालिकाको मुहार फेर्न सकेन जनप्रतिनिधिहरुले वडाहरुमा छिटफुट नाला ,र सडक निर्माण गरेपनि वडाको अधिकांस ठाउँमा नाला र सडक ढलान हुन नसक्दा स्थानीयहरुले विभिन्न काममा प्रयोग गरेको पानीको निकास नहुदा दिनहुँ समस्या झेल्नुपरेको छ ।नाला नहुदा स्थानीयहरुले बाध्य भएर आफ्नो घरको अगाडि खाल्टो र कच्ची माटोको नाली खनेर पानीको निकास निकालेको छ । तर जुन ठाउँमा नाला निर्माण गरिएकोछ । भने त्यो ठाउँका नालामा माटो ,पलास्टिक पराल र फोहर मैलाले नाला भरिएर दुर्घन्धित बनेकोछ ।तर गाउँपालिका अध्यक्ष जुलफकार अलि भुटो र प्रमुख प्रशासकीय अधिकृत ई.सुधन लामिछानेको मिलोमतोमा सरसफाइको नाममा क्रमचारी भर्ना गरेर पालिकाको लाखौं रुपैया खर्च गरेपनि नालाको फोहरहरु जस्ताको त्यस्तै अवस्थामा रहेकोछ ।

बिश्रामपुर गाउँपालिकाको विभिन्न वडामा सडक ढालान ,नाला निर्माणमा ग्रेबल बिकास निर्माणको काम गर्दा बजेट, सडक लम्बाई चौडाई मोटाई उपभोक्ता समिति वा निर्माण कम्पनीको नाम उल्लेख गरेर बोर्ड लगाउनु पर्ने प्रवधानलाई अटेरी गर्दै भ्रष्टाचार गर्ने नियतले गुपचुप रुपामा गाउँपालिका अध्यक्ष र अधिकृतले काम गर्दै आएका छ्न ।गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ई.सुधन लामिछाने र गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुटोसंग प्रतिक्रिया लिन खोजदा दिन मानेन ।यस सम्बन्धि निकायको ध्यान दिन जरुरी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय