कार्यालय प्रमुख लामिछाने आफ्नो गल्ति छिपाउन तानाशाही गर्दै

बिरगंज ।। बाराको विश्रामपुर गाउँपालिकाको कार्यालय प्रमुख ईन्जिनियर सुधन लामिछाने आफ्नो गल्ति छिपाउन तानाशाही गर्दै आएका रहस्य बाहिर बाहिर आएको छ।

केहि दिन पहिला विश्रामपुर गाउँपालिकाको कार्यालयमा ५ वटा फाँटमा २५ जना कार्यालय सहयोगी , कर्मचारीको तलबबाट रुकेन प्रमुख प्रशासकीय अधिकृतको कमिशन भन्ने शिर्षकमा बिभिन्न सँचारमाध्यममा समाचार प्रकाशन भएको थियो। उक्त शिर्षकमा समाचार प्रकाशन हुनसाथ कार्यालय प्रमुख लामिछाने समाचार लेख्ने पत्रकारलाई मिठो मिठो कुरा गरी कार्यालयमा बोलाई कार्यालयमा काम गर्ने कर्मचारीलाई जर्बजस्ती उक्त पत्रकारको सामु झुठो बोल्नु लगाएका घटना बाहिरीएको छ।

साथै गाउँपालिका अध्यक्ष जुल्फाकार अलि भुटोकोले ५ वटा फाँटमा २५ जनाको कार्यालय सहयोगीको भर्ना नगरी यहाँ दरबन्दी रहेको १६ जना कार्यालय सहयोगीको मात्र नियुक्ति गरीएको दाबी गर्दै आएका छन्। १६ जना कार्यालय सहयोगीमा पनि गाउँपालिका अध्यक्ष भुटोको स्वकिय सचिवले गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लामिछानेको लागि बार्गेनिङ गरी नियुक्त गरेको कार्यालय स्रोतको दाबि रहेको छ।

स्रोतको अनुसार गाउँपालिका अध्यक्ष भुटोले निर्वाचनमा विजयी भएको समय रोजगार सहायक सँयोजकमा आफ्नो छोरालाई मात्र आवेदन दिन लगाई लिखित परीक्षामा एकल उम्मेदवार उतिर्ण गराई अन्तरबार्ताको माध्यमबाट नियुक्ति दिलाएका छन्।

गाउँपालिका अध्यक्ष भुटोले रोजगार सहायक सँयोजकमा गरेको नियुक्तीले नै प्रष्ट भएको छ कि विश्रामपुर गाउँपालिकामा बिना पहुँच र बार्गेनिङले नियुक्ति हुने गरेको छैन। साथै उक्त बार्गेनिङको नियुक्तिमा कार्यालय प्रमुख लामिछाने सहयोग गरीरहेको हुनाले हाल गाउँपालिकामा गाउँपालिका अध्यक्ष भन्दा माथि कार्यालय प्रमुख लामिछाने भएको महसुश हुने गरेको कार्यालय स्रोतको दाबि रहेको छ।

लामिछानेले बार्गेनिङ गरेको वा आर्थिक लाभ प्राप्त गरेको फाँट प्रमुखले काम गर्न नमानेपछि फाँट प्रमुखको जिम्मेवारी नै हेरफेर गर्ने गरेका छन्। फाँट प्रमुखको जिम्मेवारी हेरफेर गर्दा पनि गाउँपालिका अध्यक्ष भुटो केहि बोल्न सकेका छैनन्। किनभने गाउँपालिका अध्यक्ष भुटोको हरेक योजना तथा नियुक्तिमा लामिछानेले साथ दिई भ्रष्टाचार गरेका पाईन्छ।

गाउँपालिका अध्यक्ष भुटोको हरेक भ्रष्टाचार कार्यालय प्रमुख लामिछानेलाई जानकारी भएको हुनाले लामिछाने तानाशाही रुपमा कार्यालय सँचालन गर्दै आएका छन्। त्यसैले सम्बन्धित निकायले लामिछाने बिरुध समयमा नै ध्यान पुर्याए विश्रामपुर गाउँपालिका बासिले गाउँघरमा आएको सिंह दरबारको उचित लाभ पाउन सक्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय