भिस्वामा व्यापक तस्करी,तस्करको पावर हाउस बन्दै भिस्वा सिमानाका ।

देबेन्द्र यदब
बिरगंज ।। पर्साको छिपहरमाई गाउँ पालिकामा पर्ने भिस्वा सिमानाकाबाट केही समयको लागि बन्द रहेको तस्करी फेरि सन्चालनमा आएको छ।

स्थानीय प्रहरी चौकी भिस्वाको प्रमुख प्रहरी नायब निरीक्षक (सई) र बिओपी भिस्वा का ससस्त्र प्रहरी निरीक्षक लाइ आर्थिक प्रलोभनमा पारि तस्करी पुनःसुचारू भएको स्रोतको दाबी छ।

छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वा बजारबाट तस्करीको विभिन्न सामानहरु भारतको सिकटा बजारसम्म पुरयाउने तस्करीको धन्धा अहिले व्यापक बढेको पाइएको हो ।

मुन्ना तस्करहरूले स्थानीय प्रहरीको हाकिमसँग सेटिङ मिलाएर दैनिक चाईनिज स्याउ ,सुपारी, मरीच , कस्ट्मेटिकका विभिन्न सामानहरुको दिनहु लाखौं मूल्य बराबरको मालसामान तस्करीमार्फत भारतको सिकटास्थित तस्करले आफ्नै गोदाममा पठाउँदै आएको पाईएको छ ।

वीरगंज लगायत विभिन्न ठाउँबाट खरिद गरेका मालसामान बजार व्यवस्थापनको नाममा भिस्वास्थित गोदाममा राखी प्रहरीको संरक्षणमा रातीको समयमा तस्करीमार्फत भारत पठाउने गरेका छन् ।

सरकारले राजश्वको दबाब झेलिरेहका बेला भिस्वामा खुलेआम तस्करी भइरहेको छ । सीमावर्ती क्षेत्रमा खटिएका सुरक्षाकर्मीको सहयोगमा तस्करी शुरू भएको खुलेको हो । भिस्वा प्रहरीको सेटिङ र संरक्षणमा ठूलो तस्करी चलेको छ ।

सीमावर्ती क्षेत्रबाट भएको तस्करीका सामान पक्राउ गर्नुपर्नेमा नगरी सेटिङमा नै छोड्ने गरेको समेत खुलेको छ ।

यहाँ खटिने सई जिल्ला प्रहरी कार्यालय पर्साका एसपी र मधेस प्रदेश प्रमुख डिआईजीको नामलाई बदनाम गरि ,एसपी र डिआईजीलाई झुक्याएर ईमानदार प्रहरी प्रमुखको नाममा तस्करीको रकम लिईरहेको नाम नखोल्ने शर्तमा एक तस्करले बताए ।

“प्रहरीमा सिमानाकाको चौकीमा जादा टेण्डर हालेर जाने मात्रै होइन महिनावारी रकम त्यो पनि कबोल गरेको दिनुपर्ने प्रचलन रहिआएको छ” भनी भिस्वा चौकिका सइ र ससस्त्र प्रहरी का इन्स्पेक्टर ले लाइन खोले का छ्न ।। एस्पि र डिआइजी को नाम समेत बदनाम गरिरहेका छ्न यो तस्करी रोक्लान त यो हेर्न बाकी छ। तस्करि न रोकिए मा माथिलो निकाएको मिलोमतो आवश्यक देखिन्छ।।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय