![](https://parsadainik.com/wp-content/uploads/2023/08/IMG_20230812_182257.jpg)
बिरगंज ,२७ साउन । प्रहरी चौकी ईनर्वा पर्साले प्रतिबन्धित लागु औषध एम्पुल सहित तिन जना ब्यक्तिहरुलाई बिहीबार वीरगञ्ज म.न.पा.वडा नं.१६ रजतजयन्ती चोकबाट पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।
रजतजयन्ती चोकमा प्रहरी चौकी ईनर्वाबाट वरिष्ठ सई सन्तोष केसीको कमान्डमा खटिएको नियमित चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट वीरगञ्जतर्फ तिन जना पैदल संकास्पदरूपमा हिँडि आउदै गरेको अवस्थामा निजहरूलाई खानतलासी गर्दा आफ्नै जिउमा सेतो टेपले वेरि ल्याएको प्रतिबन्धित लागु औषध डाईजेपाम ४७९ एम्पुल, फेनारगन ४७९ र नुरफिन ४८० एम्पुल जम्मा गरि १४३८ एम्पुल फेला परेको हुँदा निज तिनै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पक्राउ पर्नेहरूमा भारत विहार जिल्ला मोतिहारी ग्राम रामगढवा बस्ने वर्ष ४० को हेमताज आलम,सोही ठेगानमा बस्ने वर्ष २० को अजित कुमार मलाह र वर्ष २० को इमतिहान आलम रहेको प्रहरीले जनाएको छ।
निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भैरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले बताएका छन्।