सशस्त्र प्रहरी बल नेपाल मकवानपुरद्वारा लागूऔषध,भन्सार छलीएको अवैध कपडा र कन्टेनरसहित एकजनालाई पक्राउ।

बिरगंज ।। सशस्त्र प्रहरी बल गण न.१४ मकवानपुरले प्रतिबन्धित लागूऔषध ट्रामाडोल र भन्सार छली चोरी पैठारी गरी ल्याईएका अवैध कपडा र मालबाहक कन्टेनरसहित एक जना ब्यक्तिलाई पक्राउ गरेको जनाएको छ।

बिहिवार राती बिरगंज हेटौंडा सडक खण्डमा पर्ने हेटौंडा उप. म. न. पा.१५ रातो माटोबाट विशेष सूचनाको आधारमा बिरगंजबाट काठमाडौ कागज बोकेर गइरहेको मालबाहक कन्टेनरमा लुकाई छिपाई लगिरहेको प्रतिबन्धित लागूऔषध ट्रामाडोल र भन्सार छली चोरी पैठारी गरी ल्याईएका अवैध कपडा बरामद गरेको
सशस्त्र प्रहरी बल गण न.१४ मकवानपुरले जनाएको छ।

गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको कमान्डमा बरामद भएको प्रतिबन्धित लागु औषध ट्रामाडोल र कन्टेनर चालक काभ्रे मन्डादेवपुर नगरपालिक ९ का ज्ञानेन्द्र कुमार सापकोटालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको गणले जनाएको छ।

उक्त पक्राउ परेका मालबाहक कन्टेनर बागमती प्रदेश ०१-००६-ख २६५६ बाट पैन्ट ३० पोका ४०० का दरले १,२०,०००/-,टिसर्ट २०० पोका १५०० का दरले ३,००,०००/- र कुर्ता ५१३ पोका २००० का दरले १०,२६,०००/-जम्मा गरि १४ लाख ४६ हजार बराबरको सो कपडाहरु बरामद गरि कपडा र कन्टेनरलाई राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको सशस्त्र प्रहरी बल मकवानपुरले जानकारी गराएको छ।

पक्राउ गरेका लागु औषध तथा अबैध कपडा तस्करको खोजी कार्य तिब्र रूपमा भइरहेको सशस्त्र प्रहरीका एसपी कार्कीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय