सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंज पर्साद्धारा अबैध भारतीय रुपैया रु. २ लाख ५० हजार १०० सहित १ जना ब्यक्ति पक्राउ, रु.२ लाख ५० हजार मुल्य बराबरको अवैध सामानहरु नियन्त्रणमा

बिरगंज १६ साउन ।सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंज पर्साले अबैध भारतीय रुपैया रु. २ लाख ५० हजार १०० सहित एक जना पुरुषलाई पक्राउ गरेको जनाएको छ ।

बिशेष सुचनाको आधारमा सप्रनि प्रेम सिंह बिष्टको कमाण्डमा खटिएको ७ जनाको गाडी मोबाईल टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको ना ४९ प ३०३७ नम्बरको कालो रङ्गको सुपर स्पेलेण्डर मोटरसाइकललाई शंका लागी रोकी चेकजाच गर्दा मोटरसाइकलमा सवार बि.म.न.पा. १० आदर्शनगर बस्ने बर्ष ५८ को बिष्णु कुमार साहको खल्तीबाट हुन्डीको अबैध भारतीय रुपैया रु. २ लाख ५० हजार १०० बरामद भएको हुदा मोटरसाईकल सहित निज व्याक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यलय पथलैयामा बुझाईएको गुल्मले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज पर्साद्धारा भारतबाट भन्सार छलि अवैध रुपमा नेपाल भित्र्याईएको अवैध लत्ताकपडा नियन्त्रणमा लिईएको छ।

वीरगंज महानगरपालिका -१६ भन्सार स्थित चेकप्वाईन्ट तथा विभिन्न ईलाकाबाट २ लाख ४५ हजार भन्दा बढि मुल्यको लत्ताकपडाहरु, खाधन्न, स्पिकर बोर्ड लगायत सामानहरु पक्राउ गरेका छन।

नियन्त्रित सामानहरु आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको जानकारी गुल्मले गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय