वीरगंज, ११ साउन । भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको चौपाया सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट नेपालको ग्रामीण नाकाबाट भित्र्याउँदै गरिएको ठूलो संख्याको राँगा , भैंसी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल १३ नम्बर गणबाट बिशेष सूचनाको आधारमा खटिएका टोलीले बिन्दबासिनी गाउँपालिका–५ स्थित हासवाबाट बिहिबार बिहान ११ बजेतिर २६ वटा राँगाभैसी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले जानकारी दिए ।