बिरगंज ।। सशस्त्र प्रहरी वल नेपाल पर्साले बिल बिजकमा उल्लेख भए भन्दा बढी सामान बोकेको ४ वटा ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सुचनाको आधारमा आज बिहान करीब १:५० बजेको समयमा बिरगंज महानगरपालिका ८ घण्टाघर स्थित सडक खण्डमा सशस्त्र प्रहरी बल नेपालको टोलीले बिरगंजबाट पथलैया तर्फ जादै गरेको ना २ ख ९४९१, ना ४ ख ८३३४, ना ३ ख ८०३९ र ना. ३ ख १००९ नम्बरका ट्रकहरु नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिईएका ना २ ख ९४९१ नम्बरको ट्रकमा बिल बिजकका उल्लेख भएको रकम रु.९५,०२,५५१, ना ४ ख ८३८४नम्बरको ट्रकमा बिलबिजकमा उल्लेख भएको रकम रु.५७,५६,६९२ , ना ३ ख १००९ नम्बरको ट्रकमा बिल बिजकमा उल्लेख भएको रकम रु.८४,०९,३३८ र ना ३ ख ८०३९ नम्बरको ट्रकमा बिल बिजकमा उल्लेख भएको रकम रु. २४,६६,८७७ रहेको छ ।
नियन्त्रणमा लिएका चारै वटा ट्रकमा लोड भएको सामानहरुमा भएको जम्मा मुल्य रु.१,९८,२०,३१५ /- (भ्याट सहित) बराबरको बिल बिजक भन्दा बढी र फरक सामान भएको आशंकामा सामानहरु सहित नियन्त्रणमा लिएका ४ वटै ट्रकहरुलाई आवश्यक अनुसन्धान र कारर्वाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाईएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ।