सशस्त्र प्रहरी द्वारा प्रतिबंधित लागुऔषध सहित एक जना महिला पक्राउ-

वीरगंज, ०७ श्रावण । सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म, वीरगंज ले विशेष सूचनाको आधारमा प्रतिवन्धित लागुऔषध फेनारगन, डाइजापाम र नुर्फिन सहित एक जना महिलालाई पक्राउ गरेको छ ।

उक्त गुल्म का गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक राम जंग पाण्डेको कमाण्डमा वीरगंज भन्सार मेनगेट स्थित खटिएको १५ जनाको चेकप्वाईन्ट टोलीले चितवन जिल्लाको भरतपुर उप महानगरपालिका वडा नं. ०४ बस्ने अन्दाजी बर्ष ३२ को सवनम खातुनले भारतवाट नेपालतर्फ आउँदै गर्दा लेडिज ब्यागमा लुकाई छुपाई ल्याउदै गरेको ३ सय १४ एम्पुल प्रतिबन्धित लागु औषधहरु बरामद गरी निजलाई र बरामद लागु औषध सहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी ईनर्वामा बुझाईएको ससस्त्र प्रहरी जन्कारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय