बिरगंज ३१।। सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंज पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त टोलिले प्रतिवन्धित लागुऔषध उईनसेरेक्स टी (Wincerex – T) 100 एम एलको 76 बोतल, व्याक्ति र मोटरसाईकल बरामद गरेको छ ।
बिरगंज महानगरपालिका 16 भन्सार पछाडि मन्दिर नजिकको खेतमा प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंज पर्सा र प्रहरी चौकी ईनर्वाबाट डिउटी खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको ना 21 प 5694 नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा बिरगंज महानगरपालिका 14 बस्ने अन्दाजी वर्ष 32 को कैशर अली अन्सरीको साथबाट उक्त लागुऔषध फेला गरेको हो ।निज सवार मोटरसाईकलको हरियो प्लास्टिकको झोला भित्र लुकाई छिपाई ल्याउदै गरेको लागु औषध उईनसेरेक्स टी (Wincerex-T) बरामद गरी नियन्त्रित प्रतिवन्धित लागुऔषध, मोटरसाईकल र व्याक्तिलाई आवश्यक कानुनी कारवाहीको लागिप्रहरी चौकी ईनर्वामा बुझाएको प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजले जनाएको छ ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो धमाका संयुक्त टोलिद्धारा लागुऔषध बरामद
ताजा समाचार
लोकप्रिय
© 2025 Parsa Dainik | All Right Reserved | Privacy Policy
Powered by: ProTech