सशस्त्र प्रहरी बल नेपाल पर्साले लागुऔषध चरेश सहित २ जना ब्यक्तिलाई पक्राउ गरेको जनाएको छ।
बुधबार बिहान ८:४५ को समयमा जिल्ला पर्सा बीरगंज म.न.पा.- १६ भन्सार मेनगेट स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजको गुल्मपति डिएसपी रामजङ्ग पाण्डेको कमान्डमा खटिएको डिउटी टोलीले विशेष सुचनाको आधारमा BR 22 M 4206 नम्बरको भारतिय मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा जिल्ला पर्सा पटेर्वासुगौली गा.पा.-५ बस्ने वर्ष ३५ को सत्य नारायण माझी र वर्ष ४० को प्रलाद माझी सवार मोटरसाइकलको ट्याङ्कीमा लुकाई छुपाई नेपालबाट भारततर्फ लैजादै गरेको १५.३१० के.जी. अवैध लागु औषध चरेश फेला परेको हुँदा उक्त चरेश र मोटरसाइकल सहित निज व्यक्तिहरुलाई नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष कुमार बस्नेतले जनाएका छन् ।
पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीको लागि प्रहरी चौकी ईनर्वा पर्सामा बुझाईएको सशस्त्र प्रहरी बलले जानकारी गराएको छ ।