काठमाडौं, असार २२ । बारा देखी काठमाडाैं आउँदा सम्म बीच बीचमा प्रहरी चेकिङ्ग हुँदा पनि नभेटीने लागु औषध र राजश्व छली गरी ल्याइएका अन्य सामानहरू काठमाडाैंकाे ढाेकैमा आइपुगेपछि भेटिने गरेकाे छ ।
के ती काराेवारीहरूले त्यहासँम्म आफै बाेकेर पैदल यात्रा गरी ल्याएका हाेलान त ? पक्कै हाेइन । त्यसैक्रममा नागढुङ्गा चेक प्वाइन्टमा बारा देखी आउँदै गरेको एक यात्रु वाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोली र लागू औषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा विभिन्न अवैध लागु औषध बरामद गरेको छ ।
बारा खोपवा, २ बस्ने वर्ष १९ को रामलाल पासवान र भारत बरियारपुर घर बताउने हाल बारा खोपवा २ मामा घर बस्ने वर्ष १९ को रोशन मण्डल दुबै जना मिलेर लुकाई छिपाई ठूलो मात्रामा लागु औषध ल्याएको खुलेको हो ।
उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा थप लागू औषध बसको डिक्की भित्र कुहिएको तरकारीको बोरामा लुकाई छिपाई घोगि तरकारी हो भनि प्लाष्टीकको बोरामा राखेर बसको डिग्गीमा राखि ल्याएको र बस भक्तपुर गएको भन्ने खुल्न आएकोमा निजहरुलाई साथमा लिई प्रहरी टोली खटिई भक्तपुर १ चुनदेवी गई बसलाई रितपुर्वक तलासी लिँदा बसको बाँया तर्फको डिक्कीमा बोराभित्र लुकाई छिपाई राखेको अवस्थामा थप लागु औषध बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा उनीहरुले भारतबाट लागु औषध मात्र नभएर अबैध रुपमा चादीजन्य धातु राजस्व छलि गरी ल्याई बेचबिखन ओसारपसार गर्ने गरेको पनि खुलेको छ । उनीहरुबाट चाँदी जस्तो देखि सेतो धातु ११ किलो ६ सय ८० ग्राम प्रहरीले बरामद गरेको छ जसको बजार मुल्य ११ लाख ५० हजार रहेको र बरामद गरिएको धातु राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाईने प्रहरीले जनाएको छ । reportnepal