भन्सारका डिएस्पी पान्डेले हुन्डी कारोबारीको सन्जाल तोड्दै स्रोत नखुलेको ४ लाख नेरुसहित भारतीय नागरिक पक्राउ

देवेन्द्र यादव
वीरगञ्ज- सशस्त्र प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको अवैध रकमसहित एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जको चेकप्वाइन्ट टोलीले स्रोत नखुलेको ४ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा भन्सार मुल गेटस्थित चेकप्वाईन्ट टोलीले भारतबाट नेपालतर्फ आइरहेको प्रदेश २–०३–०१६ प १९३० नम्बरको स्कुटर चेकजाँचको क्रममा उक्त रकम फेला परेको गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) रामजंग पाण्डेले जानकारी दिए।

डीएसपी पाण्डेकाअनुसार भारतको पूर्वी चम्पारण वाजितपुर पोस्ट पञ्चायत ४ बस्ने ३७ वर्षीय राकेश जयसवालले चलाएर ल्याएको स्कुटरको डिकीबाट स्रोत नखुलेको ४ लाख रकम बरामद गरिएको हो ।

बरामद गरिएको रकम र एक लाख पाँच हजार रुपैयाँ मूल्यांकन गरिएको स्कुटरलाई पक्राउ परेका राकेशसहित थप कारवाही तथा आवश्यक अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालय बुझाइएको डिएसपी पाण्डेले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय