सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेक्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक संतोष बस्नेतले दिनु भएको जानकारी अनुसार बिहिवार १४:३०को समयमा कालिकामाई-५ सेमरा स्थित सुरक्षा बेश पोखरियाबाट खटिएको टोलीले देवरियाबाट भिस्वा तर्फ जाँदै गरेको BR 22 AP 6815 नम्बरको भारतीय पल्सर मो.सालाई शंका लागि चेकजाँच गर्ने क्रममा जिल्ला पर्सा छिपहरमाई गा.पा.-५ भिष्वा बस्ने ठाकुर साह कानुको छोरा अ. वर्ष ३७ को राजेश साह सवार मोटरसाइकलको सिट मुनि र ट्यांकी मुनि फल्स बटम बनाई लुकाई छुपाई नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा ५०० ग्रामको १९ प्याकेट र २५० ग्रामको २४ वटा प्याकेट गरी अ. १५.५ के.जी. लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला परेको हुँदा उक्त चरेश, मो.सा. सहित निज व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ
सशस्त्र प्रहरीद्वारा लागुऔषध चरेशसहित एक पक्राउ
ताजा समाचार
लोकप्रिय
© 2025 Parsa Dainik | All Right Reserved | Privacy Policy
Powered by: ProTech