स्रोत नखुलेको ७ लाख रुपैयाँसहित एक व्यक्ति सशस्त्र प्रहरीको नियन्त्रणमा

बारा । जिल्लाको कलैया उपमहानगरपालिका १० मटिअर्वास्थित सीमा ईलाकाबाट श्रोत नखुलेको ७ लाख ६ हजार ७ सय पच्चीस रुपैयाँ र एउटा मोटरसाइकलसहित सशस्त्र प्रहरीले बुधबार एक जनालाई नियन्त्रणमा लिएको छ ।

बिशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वा (बिओपी मटिअर्वा) ले सोही उपमहानगरपालिका ८ बस्ने ४५ बर्षिय मदनकुमार मिश्रलाई नियन्त्रणमा लिएको छ ।

ना ३७ प ९७३५५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका मिश्रलाई शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उल्लेखित रुपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका मिश्रलाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय