अतिरिक्त महानिरीक्षक ज्ञवालीले गरे एयरपोर्ट सुरक्षाको निरिक्षण

काठमाडौं, असार ७ । प्रहरी अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीले अवैध कृयाकलाप र तस्करी नियन्त्रण गर्न निर्र्देशन दिएका छन् । काठमाडौं उत्पयका प्रहरी कार्यालयका प्रमुख समेत रहेका अतिरिक्त महानिरीक्षक ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको निरीक्षण गर्ने क्रममा उक्त निर्देशन दिएका हुन् ।

अतिरिक्त महानिरीक्षक ज्ञवालीले विमानस्थलको सुरक्षालाई अझ चुस्त र दुरुस्त पार्दै प्रभावकारी बनाउन समेत निर्देशन दिएका थिए । जनताको नजरमा प्रहरीको छवि सकारत्मक विकास गराउनका लागि जनतालाई दिने सेवा सुविधालाई बढी ध्यान दिन पनि निर्देशन दिएका छन् । यात्रु मैत्री व्यवहार र भ्रष्ट्राचारमा शुन्य सहनसिलता आजको प्रमुख आवश्यकता भएको जनाउँदै जनताको नजरमा प्रहरी मेरो साच्चीकै साथी भन्ने बनाउन पनि ज्ञवालीको भनाई रहेको थियो ।

अतिरिक्त महानिरीक्षक ज्ञवालीले क्वाटर गार्ड, चमेना गृह, भान्छा घर, व्यारेक भवन लगायतको निरीक्षण गरेका थिए । अतिरिक्त महानिरीक्षक ज्ञवालीलाई विमानस्थल सुरक्षा कार्यालयका प्रमुख अर्जुन चन्दले त्यहाँको गतिविधिबारे ब्रिफिङ गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय