काठमाडौं, असार ६। सेवाग्राहीको गुनासोलाई मध्यनजर गर्दै सरकारले बैंकिङ कसुर सम्बन्धी चेक बाउन्स र साइवर क्राइम मुद्दा हेर्ने जिम्मा सबै जिल्ला अदालतलाई दिने भएको छ ।
यस अघि उक्त मुद्दाहरु उच्च र सर्वोच्च अदालतले हेर्ने गरेको थिए । उच्च र सर्वोच्चमा मुद्दामा चाङ लाग्न थाले पछि सेवाग्राहीले महिनौसम्म पालो कुर्न बाध्यता थियो । सेवाग्राहीको बाध्यतालाई मध्यनजर राख्दै कानून मन्त्री धनराज गुरुङले मन्त्रिपरिषद् बैठकमा उक्त प्रस्ताव लिएर गए पछि दुवै मुद्दा सबै जिल्ला अदालतले हेर्न पाउने भएका छन् । यसले सेवाग्राहीलाई ठूलो फाइदा हुने जानिफकारहरु बताउँछन् ।report nepal