भारतबाट चाँदीको गरगहना तस्करी गर्ने एक महिला वीरगन्जमा पक्राउ

वीरगन्ज, १४ जेष्ठ : भारतबाट चाँदीको गरगहना अवैध रुपमा नेपाल भित्रयाएको आरोपमा प्रहरीले वीरगन्जबाट एक महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ४ की ५० वर्षिया उमा देवी रहेकी छन् ।

उनको साथबाट चाँदीको पाउजु ३९ जोर , औंठी ९५ पिस गरि २ किलो १ सय ८ ग्राम चाँदीका गरगहना बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए । बरामद भएको गरगहनाको मुल्य अन्दाजी १ लाख १२ हजार १६ रुपैयाँ रहेको पनि उनले बताए ।

गिरिका अनुसार , भारतको रक्सौलबाट पैदल इनर्वा नाका हुदै वीरगन्ज आएकी उमा देवीलाई वीरगन्ज १६ रजतजयन्ति चोकस्थित सडकमा रोकेर प्रहरीले चेकजाँच गरेको थियो । त्यसक्रममा प्रहरीले उनको शरिर खानतलासी गर्दा उनले बोकेको झोलाभित्र प्लाष्टिकले बेरर लुकाइ छिपाइ राखिएको अवस्थामा ती गरगहना बरामद भएको प्रहरी नायब उपरीक्षक गिरिले जानकारी दिए ।

चाँदीको गरगहनासहित पक्राउ परेकी उमा देवीलाई आवश्यक कारबाहीको लागि आइतबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको गिरिले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय