प्रहरी चौकी ईनर्वाद्वारा प्रतिबन्धित भारतीय नोट सहित एक मानिस पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साका मातहतमा पर्ने प्रहरी चौकी ईनर्वाले प्रतिबन्धित भारतीय नोट सहित एक ब्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार जेठ ८ गते सोमबार बेलुकी ३:२५ मा विरगंज महानगरपालिका वडा नं.१६ रजत जयन्ती चोकस्थित सडकखण्डमा प्रहरी चौकी ईनर्वा पर्साको प्रमुख वरिष्ठ सई बिनोद काफ्लेको कमान्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट वीरगञ्जतर्फ एक जना पुरुष व्यक्ति पछाडी नेबी ब्लु रंगको झोला बोकी ना २ प १११३ नम्बरको हिरो होण्डा मोटरसाईकल चलाई आईरहेको अवस्थामा शंका लागी निजलाई रोकी खानतलासी गर्दा जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं.१८ मोतिसर टोल बस्ने वर्ष ५४ को मेहीलाल प्रसाद साहले बोकेको नेवी ब्लु रंगको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा भारतीय रु.५००।- दरका नोट ३४६ थान, रु.२००।- दरका नोट ३ थान र रु.१००।- का नोट ३ थान गरी जम्मा भारतीय रु. १,७३,९००।-(एक लाख तिहत्तर हजार नौ सय ) प्रतिवन्धित भारतीय नोट फेला परेकोले उक्त भारतीय नोटहरु र ईन्जिन नम्वर 99E17M1531 चेचिस नम्वर QQE1QC01544 भएको ना २ प १११३ नम्बरको हिरो होण्डा मोटरसाईकल समेत बरामद गरी निज मेहीलाल प्रसाद साहलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका साहलाई आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय