ससस्त्र प्रहरी .बल, नेपाल नं. १० गण हे.क्वा. सर्लाहीबाट गाँजा बरामद

बिरगंज ।। ससस्त्र प्रहरी बल नेपाल १० गण सार्लाही ले मिति २०८०/०२/०२ गते करिब रातेको १०:४० बजेको समयमा जिल्ला सर्लाही, मलंगवा नगरपालिका वडा नं. ९ स्थित सीमा ईलाकामा बिशेष सुचनाको आधारमा स.प्र.बल, नेपाल नं.१० गण हे.क्वा. सर्लाही मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म, मलंगवाबाट खटिएको गस्ती टोलीले प्रतिबन्धित लागुऔषध गाँजा १६६ के.जी. बरामद गरेको छ। नेपालबाट भारततर्फ लैजाने क्रममा गाँजा तस्करहरुले स.प्र.बल, नेपालको डिउटी टोलीलाई देखि सीमा क्षेत्रम उक्त परिमाणको गाँजा छाडी तस्करहरु फरार भएका थिए।
नियन्त्रणमा लिएको गाँजा आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय, सर्लाही मलंगवामा बुझाईएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय