![](https://parsadainik.com/wp-content/uploads/2023/05/20230515_175655.jpg)
मकवानपुर, । सशस्त्र प्रहरीको १४ नम्बर गण मकवानपुरले जुत्तासहितको तीन वटा ट्रक नियन्त्रणमा लिएको जानकारी दिएकाे छ ।
मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका १५ स्थित पूर्व-पश्चिम लोकमार्गबाट २०८० बैशाख २९ गते विशेष सूचनाको आधारमा जुत्तासहितको तीन वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
६ करोड ४२ लाख २९ हजार ४ रुपैयाँ ५० पैसा मूल्य लेखिएको प्रज्ञापनपत्र सहित ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रकमा लोड भएको एडिडास सुपरस्टार जुत्ताको बिल बीजक शंकास्पद रहेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको १४ नम्बर गण मकवानपुरले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको जुत्ता र तीनवटै ट्रक आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाईएको छ।।