देबेन्द्र यादब
वीरगंज/ सीमा क्षेत्रमा हुने अवैध गतिविधि, आपराधिक क्रियाकलाप, तस्करी नियन्त्र एवं सीमा सुरक्षाको जिम्मेवारी निर्वाह गर्न सीमा क्षेत्रमा बोर्डर आउट पोस्ट स्थापना गरिए पनि पर्साको भिस्वा बन्जारीस्थित बीओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक बिष्णु हरि थापाको संरक्षणमा संस्थागत तस्करी शुरू भएको छ ।
सशस्त्र प्रहरी निरीक्षक बिष्णु हरि थापा बीओपी भिस्वाको जिम्मेवारी पाएदेखि नै सो क्षेत्रबाट अवैध कारोबार गर्ने तस्करहरूलाई “लाइन” दिएको समाचारहरू सार्वजनिक हुन थालेका छन् ।
भिस्वा नाकाबाट यतिखेर व्यापक रुपमा कबाड, हार्डयेवर, लत्ताकपडा, हड्डि , मोटर पार्ट्स, मटर एवं मरिचलगायतको तस्करी भईरहेको समाचार जानकारीमा आएको छ ।
सशस्त्र प्रहरी निरीक्षक बीओपी भिसवामा आएदेखि नै
सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाह र १३ न . गण ससशत्र प्रहरी उपरीक्षकको नाममा समेत भजाएर खुलेयाम असुली गरेपछि तस्करीको लाइन दिएको बताइन्छ ।
सशस्त्र प्रहरी निरीक्षक बिष्णु हरि थापा भिस्वा, बुडगाई नाकाबाट ठूलो मात्रामा कवाड, चाईनीज स्याउ, युनिलिभरको फेयर एण्ड लब्ली, टूथ पेस्ट जस्ता कष्टमेटिक सामान तथा मटर, मरिच, छोकडा, जुटको बोराको तस्करी गर्न लाइन दिएको प्राप्त समाचारमा उल्लेख छ ।
सशस्त्र प्रहरी निरीक्षक सशस्त्र प्रहरी बल नेपाल नं. २, छिन्नमस्ता बाहिनी र सशस्त्र प्रहरी प्रधान कार्यालय समेतको नाम भजाइ तस्करहरूसंग रकम असुली गरेपछि सो क्षेत्रबाट तस्करी सुचारू भएको हो ।
प्रहरी निरीक्षक बिष्णु हरि थापा बीओपी भिस्वमा आउनु अघि र उनी आएको यताको रेकर्ड हेर्ने हो भनें सो क्षेत्रबाट अवैध सामान वा तस्करी गरि ल्याइएको सामान बरामद गर्ने अनुपातले पनि सशस्त्र प्रहरीको सेटिंगमा तस्करी मौलाएको प्रष्ट हुन्छ ।
सशस्त्र प्रहरीको सेटिङमा कबाड, स्याउ, युनिलिभरको फेयर एण्ड लब्ली, क्लोजअप पेस्ट जस्ता कष्टमेटिक सामग्री, मटर, मरिच, छोकडा, हड्डी, मोटर पार्ट्स लगायतको लागि लाइन दिए वापत सशस्त्र प्रहरी निरीक्षक लाखौं रुपैयाँ नजराना बुझेको श्रोतबाट जानकारी हुन आएको छ ।
भिस्वाका केहि व्यापारीहरुले बजार व्यवस्थापन समितिको नाममा वीरगंजबाट माल ल्याई स्टोर गरेर राख्ने र रातारात सीमावर्ती भारतीय बाजार सिकटा तर्फ पठाउने गरेको स्थानीयहरु बताउँछन् । नेपाल-भारत बोर्डरको दशगजा नजिक उनीहरुको गोदाम रहेको छ। सो गोदामको छेउछाउमै रहेपनि रातिको समयमा सिमानाकामा रहेका सशस्त्र प्रहरीको सहयोगले तस्करी भईरहेको स्रोतले जनाएको छ।
त्यस्तै कवाड तस्करीको लाईन वापत लाखौं रुपैयाको नजराना बुझाई रातिको समयमा १० वटा ट्याक्टरमा लोड गरि भिस्वानाकाबाट कटाउने गरेको छ । त्यसै गरि रातिको समयमा ट्रकमै हड्डी लोड गरि सीमा नाका कटाउने गरिएको छ।
यिनीहरुको माल कटाउनको लागि सिक्टाको पप्पु र भिस्वाको लड्डुले कामदारहरु ल्याई ठेक्का लिई भारततर्फ माल कटाउने गरेको बताइएको छ ।
तस्करहरूले राती मात्र नभई दिउँसो पनि २०-२५ महिलाको प्रयोग गरि आधा आधा बोरा गरेर पनि सामान कटाउने गरेको त्यहाँ जाने जोकोहीले देख्न सक्छन् ।
सशस्त्र प्रहरीका माथिल्लो ओहदाका अधिकारीहरूले तस्करी हेरेर किन मौन बसेका छन् या सशस्त्र प्रहरी निरीक्षकले संगठन र हाकिमहरूको नाममा मनोमानी मात्र गरेका छन् ? चर्चाको विषय बनेको छ ।