बिरगंज ,२६ बैशाख ।
बिल बिजक भन्दा बढी खुद्रा तथा धागो लोड रहेको कन्टेनर ट्रक वडा प्रहरी कार्यालय श्रीपुरले पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा तथा धागो लगायतका मालबस्तुहरू बोकेको ट्रक आईसिपि गेट हुदै विरगञ्ज पावरहाउस चोकतर्फ आउदै गरेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले बैशाख २४ गते राति ८:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.२५ चण्डालचोक स्थित सडकखण्डबाट DD01L 9689 नम्बरको भारतीय मालवाहक कन्टेनर ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त कन्टेनर ट्रकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।
पक्राउ परेका कन्टेनर ट्रक र सो भित्र लोड रहेको खुद्रा तथा धागो लगायतका मालबस्तुहरूको मुल्य रू.३७,००,०००।-(सैतीस लाख ) बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जनाएका छन् ।