जिल्ला प्रहरी कार्यालय पर्साका मातहतमा पर्ने वडा प्रहरी कार्यालय बिर्ता प्रमुख बिदुर सिवाकोटीलाई साथ दिने कर्मचारि चोरी तस्करी नियन्त्रण ,अबैध लागु औषध पक्राउ तथा समाजमा समाजिक शान्तिसुरक्षा जस्ता उत्कृष्ट कार्य

जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक कोमल शाहको पर्सा जिल्लामा आगमनदेखि नै पर्सामा तस्करी ,चोरी ,लागु औषध तथा अन्य गैरकानुनी कार्यहरू क्रमश शुन्यकरण भएको देखिन्छ ।उनका उत्कृष्ट कार्यसम्पादनका कारण पर्साबासिहरु आफुलाई सुरक्षित र शान्तिका अनुभुति गरेका कुरा स्थानीय बताएका छन ।

एसपी कोमल शाह ईमान्दार,निष्ठावान,सफा छबि र सकारात्मक सोचका प्रहरी प्रमुख भएकाले मातहतका प्रहरी कर्मचारी उनीसंग प्रभावित भइ नयाँ उर्जाका साथ धमाधम तस्करीका सर-समानहरु तथा अबैध प्रतिबन्धित लागु औषधहरु पक्राउ गर्ने ,समाजमा शान्तिसुरक्षा कायम भएको कार्यहरू तीव्रता पाएका अनुभव पर्साका स्थानीयवासी गरेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहको निर्देशनमा लागु औषध तथा तस्करी नियन्त्रणका लागि प्रहरीले अहिले विशेष अभियान नै चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका मातहतमा पर्ने वडा प्रहरी कार्यालय बिर्ताको कार्यक्षेत्र पूर्वमा बारा जिल्लाको विश्रामपुर ईटियाही टोल ,पश्चिममा सिर्सियाखोला ,उत्तरमा घण्टाघर र दक्षिणमा भारतको रक्सौल मितेरी पुलसम्म पर्द्छ।सो एरिया भित्र वीरगंज महानगरपालीकाको ईलाका प्रहरी कार्यालय छपकैया १,रामटोल -७, प्रहरी बिट छपकैया २ , छपकैया-३अ.पोष्ट भकुवा ,चौकी आदर्शनगर १०,ईलाका प्रहरी कार्यालय इनर्वा १६,अ.प्रहरी पोष्ट इनर्वा गाउँ ,नगवा चौकी नगवा -१६, कुम्हालटोल -५, गणेशटोल, रेशम कोठी -६, माईस्थान लगायतका कार्यक्षेत्रहरु पर्दछन।

वडा प्रहरी कार्यालय बिर्ताको कार्यक्षेत्रहरु भित्र बैंक वितिय संस्थाहरु ६० वटा,एटीएम -२३ वटा,मठ मन्दिर -३९ वटा,मदर्सा/मजिद/विद्यालय-१३ वटा,होटेल ४१ वटा,पार्टी प्यालेश -१७ वटा,सुनचाँदी पसल- ४२ वटा , सरकारी तथा गैरसरकारी बिधालय ६० वटा,सरकारी तथा गैरसरकारी क्याम्पस ५ वटा ,सरकारी कार्यालय २२ वटा र सरकारी तथा गैरसरकारी अस्पताल१४ वटा तथा कुल जनसंख्या १,१२,७७७ को हाराहारीमा रहेका छन् ।

वडा प्रहरी कार्यालय बिर्ता पर्साको प्रहरी निरीक्षक बिदुर सिवाकोटीको नेतृत्वमा तस्करी नियन्त्रण ,अबैध लागु औषध पक्राउ ,चोरी नियन्त्रण तथा समाजिक शान्ति सुरक्षा उत्कृष्ट रुपले सम्पादन गरि समाजमा शान्ति स्थापना गरेको स्थानीयले बताएका छन् ।

वडा प्रहरी कार्यालय बिर्ता पर्साको प्रहरी निरीक्षक बिदुर सिवाकोटीको कमाण्डमा मिति २०७९।१०।२६ गते देखि हालसम्म मुद्दा दर्ता ११७ मध्ये १०५ वटा फछौट गरि ४०९३ जनालाई पक्राउ गरेको ,१०५ जनालाई सम्झाई बुझाई छाडेको तथा फरार प्रतिवादी ५९ जनालाई पक्राउ गरि पर्सा जिल्ला अदालतमा बुझाएको जनाएको छ ।

प्रतिबन्धित लागु औषधहरुको सम्बन्धमा वडा प्रहरी कार्यालय बिर्ताले मिति २०७९।१०।२६ गते देखि हालसम्ममा नाईट्राभेट(१०)-२४७६ चक्की ,ब्राउनसुगर १०० मि.ग्राम ,ईन्जेक्सन ६३३ पिस ,खैरो हिरोईन ३४२.५ ग्राम ,चरेस १२५ ग्राम तथा codiwell cough syrup,Noophin,phenargan,Diazepam गरि १३९१ एम्पुल पक्राउ गरेको छ ।

मिति २०७९/११/०५ देखि हालसम्म तस्करीको विभिन्न अबैध तरिकाले भित्र्याएको कपडा ,हार्ड्वेयर,किराना समानहरु लगायत ईलेक्टिरिक मोबाइलका पार्टसहरु वडा प्रहरी कार्यालय बिर्ता पर्साको प्रहरी निरीक्षक बिदुर सिवाकोटीको कमाण्डमा पक्राउ गरि सोको रु.२९ लाख ७० हजार ८ सय ४७ मुल्यांकन गरि बिरगंज भन्सार कार्यालयमा बुझाएको बिर्ताले जनाएको छ।

वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिदुर सिवाकोटीको नेतृत्वमा अबैध घरेलु मदिरा १७०० लिटर नष्ट गरिएको छ ।वडा प्रहरी कार्यालय बिर्ताको अगुवाइमा विभिन्न मितिमा विभिन्न किसिमका “लागू औषध नियन्त्रण सम्बन्धि” जनचेतनामूलक कार्यक्रम गरिएको हो।

त्यस्तै चोरी नियन्त्रण तर्फ वडा प्रहरी कार्यालय बिर्ताले मिति २०७९/११/१० गते विहान वीरगंज ०१ वस्ने चन्दन साहको मोबाईल हराएको जनाकरी प्राप्त हुन साथ खोजतलास गरी मोवाईल धनिलाई जिम्मा लगाईएको।

मिति २०७९/११/१३ गते राति९:४० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. वडा नं. ०४ बस्ने अशोक गुप्ताको छोरा वर्ष २८ को आकाश गुप्ताले आफ्नो घर अगाडी सडकको छेउमा ना ४६ प ९४०० नम्बरको २२० पल्सर पार्किङ गरी राखेको अबस्थामा केही व्यक्तिले चोरी गरी अं. २२:०५ वजेको समयमा जिल्ला पर्सा वी.म.न.पा. वडा नं. ०२ स्थित नारायणी पछाडीको वाटो फाली छाडीदिएको हुदाँ उक्त मोटरसाईकल फेला पारी उक्त मोटरसाईकल धनि आकाश गुप्तालाई मिति २०७९।११।१४ गते बुझाईएको।

मिति २०७९।११।१४ गते ६:०५ बजेको समयमा जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं. ०२ लाल गोदाम स्थित सडक खण्डमा जिल्ला पर्सा जगरनाथपुर गा.पा. वडा नं. ०१ घर भई हाल डेरा गरी वी.म.न.पा. वडा नं. ०२ छपकैया बस्ने ललन साहको छोरा वर्ष २९ को मुकेश साह बा ३ ख ४००६ नम्बरको पार्किङ गरी राखेको टिपरबाट डिजल चोरी गरेकोमा अनुसन्धान गरी डिजल धनिलाई बुझाईएको।

मिति २०७९।११।१३ गते साँझ जिल्ला पर्सा वी.म.न.पा. वडा नं. १० स्थित बाल मन्दिर बिधालय बाट चोरी भएको किचेनका समानहरु अनुसन्धान गरी विद्यालयलाई जिम्मा लगाईएको।

२०७९।१२।०१ गते बेलुका ३ बजेको समयमा जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं. १० स्थित ठाकुर राम बहुमुखि क्याम्पस वीरगंज कम्पाउण्ड भित्र पार्किङ गरी राखेको बा ८२प ४३३५ नम्बरको मोटरसाईकल पार्किङ स्थलवाट नै चोरी ऐ. मिति अं. १६:३० बजेको समयमा ऐ.. वडा नं. २५ स्थित सडक खण्डमा पुग्दा पुर्वबाट पश्चिम तर्फ बा ८२ प ४३३५ नम्बरको मोटरसाईकल ऐ. वडा नं. ११ अशोक वाटिका टोल बस्ने अखिलेश प्रसाद श्रीवास्तवको छोरा वर्ष २२ को राजु श्रीवास्तवलाई पछाडी सवार गराई ऐ. वडा नं. १० घडिअर्वा टोल बस्ने गिरधारी साहको छोरा वर्ष २३ को रोशन गुप्ताले साथबाट चेसिस नं. ME4JC651GG7379832, ईन्जिन नं. JC65E70569103 भएको बा ८२ प ४३३५ नम्बरको कालो रंगको CB shine मोटरसाईकल बरामद गरि आवश्यक कार्वाहीको लागी जि.प्र.का. पठाईएको ।

मिति २०७१।१२।०२ गते अं. १३:०० वजेको समयमा जिल्ला पर्सा वी.म.न.पा. वडा नं. ०८ स्थित नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगंज पर्सा भित्र रहेको स्टोर शाखाबाट बिलिचिङ पाउडर मिक्स गर्ने विधुतिय मोटर थान-२ (दुई) पुरानो, कालो रंगको बिधुतिय केबुल बण्डल थान-१ (एक) चोरी भएको ऐ. अं. १६:०० वजेको समयमा ऐ. वडा नं. ०८ स्थित रेल्वेरोड सडक खण्डमा जिल्ला चितवन माडी न.पा. वडा नं. ३ बस्ने राजिन्द्र थारुको छोरा वर्ष २० को सुजन थारुको साथवाट बिलिचिङ पाउडर मिक्स गर्ने विधुतिय मोटर खिया लागेको थान-२ (दुई) पुरानो बरामद गरी आवश्यक कार्वाहीको लागी जि.प्र.का. पठाईएको ।

मिति २०७१।१२।१३ गते अं. ११:०० वजेको समयमा जिल्ला पर्सा वी.म.न.पा. वडा नं. १६ नगवा बस्ने नन्दलाल प्रसाद साहको छोरा वर्ष ४० को रबिन्द्र कुमार सर्राफले आफ्नै घर अगाडी सडकको छेउमा पार्किङ गरी राखेको बागमती प्रदेश ०२-०२२ प ४८०५ नम्बरको मोटरसाईकलको हेण्डल लक नगरेको अबस्थामा चोरी भएको ऐ. मिति अं. १५:३० बजेको समयमा जिल्ला पर्सा वी.म.न.पा. वडा नं. १६ नगवा पोखरी स्थित सडक खण्डमा पुग्दा पुर्ववाट पश्चिम तर्फ जिल्ला बारा फेटा गा.पा. वडा नं. ४ चिलझपटी टोल बस्ने हृदय सहनीको छोरा वर्ष १९ को मनिष कुमार सहनीले डोऱ्याई लिई चेसिस नं.:- MD634BE44L2L00943 ईन्जिन नं.:- BE4LL2X00C26 भएको प्रदेश ०२- ०२२ प ४८०५ नम्बरको मोटरसाइकल बरामद गरि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको ।

मिति २०७१।१२।१८ गते अं. १७:०० वजेको समयमा जिल्ला पर्सा वी.म.न.पा. वडा नं. ०५ कुम्हाल टोल वस्ने मणि कुमार खड्काको छोरा वर्ष २५ को मन्दिप खड्काले जिल्ला पर्सा बी.म.न.पा. वडा नं. ०४ गणेशमान चोक बस्ने सुशिल कलवारको घरमा रहेको सटर कोठा भाडामा लिई वीरगंज आर्टस एकेडेमी भित्र टेबल जिल्ला पर्सा वी.म.न.पा. वडा नं. १६ नगवा बस्ने नारायण सिंहको छोरा वर्ष २२ को राहुल सिंहको घरवाट acer कम्पनीको कालो रंगको ल्यापटप थान एक (SNID: 71606284976), Dell लेखिएको माउस थान एक र HP कम्पनीको कालो रंगको ल्यापटपको चार्जर थान एक बरामद गरी जि.प्र.का.मा पठाईएको ।

मिति २०८०।०१।०४ गते अं. ०१:०० बजे समयमा जिल्ला पर्सा वी.म.न.पा. वडा नं. १६ रजतजयन्ती चोक स्थित देश भारत छत्तीसगढ राज्य जिल्ला कबीरधाम कवर्धा ग्रामपञ्चायत केसली बस्ने मखनलाल चन्द्रवंशीको छोरा वर्ष ३२ को जलेश चन्द्रवंशी पिठ्युमा झोला (व्याग) बोकी र सुटकेश (व्याग) रुद्राक्ष (विउ) जस्तो देखिने चिजवस्तु समेत तौल गर्दा १८ (अठार) के.जी. र बोरा हटाई एक्मुष्ठ रुद्राक्ष (विउ) जस्तो देखिने चिजवस्तु तौल गर्दा १७ के.जी. फेला पारी बन कार्यालयमा पठाईएको जस्ता उत्कृष्ट कामकारबाहीहरु वडा प्रहरी कार्यालय बिर्ताले प्रहरी निरीक्षक बिदुर सिवाकोटीको आदेश मा गरेको क्यु आर टि प्रमुख बल बअहादुर तमाङ र इनर्वा चौकी प्रमुख बिनोद काफ्ले ले वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डमा प्रहरी चौकी ईनर्वाबाट खटिएको नियमित जाँच चेकिङ टोलीले काठमाण्डौबाट भारतको दिल्ली सम्म जाने सार्वजनिक बसलाई रोकी चेकजाँच गर्ने क्रममा विना भन्सार प्रज्ञापनपत्रको चोरी निकासी गरी ल्याइएको बिभिन्न किसिमका चाईनिज खाद्यान्न मालबस्तुहरू वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएकाे छ। बरामद गरिएका मालवसतु हरु रू.२,८१,२५०।– ( दुई लाख एकासी हजार दुई सय पचास ) बराबरका खाद्यान्न मालबस्तुहरू रहेको थियो आवश्यक कारवाहीको लागि मिति २०८०।०१।०६ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ। त्यस्तै कोमल शाह को कमान्ड मा खटिएका इनर्वा चौकी का प्रमुख बिनोद काफ्ले र क्यु आर् टि (टाइगर) प्रमुख बल बहादुर तमङ र अस्थाइ प्रहरी पोस्ट इनर्वा गाउँ का प्रमुख कृष्ण राई इनि दिन रात खटी आफ्नो ज्यान को पर्वाह्ह न गरि अहिले बोरडर कडाइ का साथ बोर्डर मा हुने गैर कानुनि काम अहिले ठप पारेका का छ्न यसै गरि पर्साकाे इनरवा प्रहरी चौकी र अस्थाइ चौकी मा आएको वरिष्ठ प्रहरी नायब निरीक्षक बिनोद काफ्ले र असइ कृष्ण राई हुन्डी, लागुऔषध र गैरकानुनी कारोबार ठप्प पारेर नयाँ रेकर्ड बनाएका छन्।

इनरवा गाउँ भन्सार नाका नेपाल-भारत सीमामा रहेका मध्ये सबैभन्दा व्यस्त नाका हो। काफ्ले उक्त चौकीको कमान्ड सम्हालेपछि तस्करीमा संलग्नहरुमाथि नाका मा टाइट गरिएको छ। इनरवा चौकीले कडाइ गर्दा रक्सौल नाकाबाट हुने यस्ता गतिविधिहरु अहिले नियन्त्रणमा छन्।

नेपाल-भारत सीमाबाट हुने गैरकानुनी गतिविधिहरु नियन्त्रण गर्न कुनै पनि सम्झौता नगरी काम गर्ने बताएका छन्।

‘नेपाल र भारतबीचको यो धेरै गतिविधि हुने नाका भएकाले पनि हामीले यहाँ गैरकानुनी गतिविधि नियन्त्रण गर्न हरप्रयास गरेका छौं,’ अस्थाइ इनर्वा चौकी र इनर्वा चौकी भने, ‘इनरुवा चौकीको नेतृत्व परिवर्तन भएपछि हुन्डी, लागुऔषधलगायत अन्य गैरकानुनी गतिविधि नियन्त्रणउन्मुख छ।’

यति मात्र नभई उक्त प्रहरी चौकी अगाडि रहेको शंकराचार्य गेटमा चेक जाँचका लागि खटिएका प्रहरी जवानहरूले गरेको गल्तीहरुलाई माफ नगरी कार्वाही गर्ने बताएका छ्न।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय