बिरगंज । सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा तस्करीको सामान बरामद गरेको छ । मंगलबार बिहानको समयमा सिराहाकाे लाहान नगरपालिका २ लाहान बजारमा डिएसपी प्रमाेद प्रकाश पाठककाे कमान्डमा खटिएको टाेलीले उक्त तस्करीको सामान बरामद गरेको हो ।
उक्त सामान पक्राउ गर्नका लागि प्रस्तावित सिमा सुरक्षा गुल्म इनर्वा ठांडीकाे टाेलि समेत संलग्न थियो । उक्त टाेलिले भन्सार छलि गरि तस्करी गरेर ल्याएको कपडा सहित प्रदेश २ – ०१ ००१ ख ०२९८ नम्बरको मिनी ट्रक समेत बरामद गरि आवश्यक कार्वाहीकाे लागि भन्सार बुझाएको थाहा भएको छ । सशस्त्र प्रहरीलाई देख्नेबित्तिकै गाडीका चालक फरार भएकाे पनि सशस्त्र प्रहरीले जानकारी दिएको छ।
सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा तस्करीको सामान बरामद
ताजा समाचार
लोकप्रिय
© 2025 Parsa Dainik | All Right Reserved | Privacy Policy
Powered by: ProTech