पर्साको ड्राईपोर्ट र परवानीपुरमा रहेको ट्राफिक प्रहरी को असुली धन्दा

वीरगंज/पर्साको ड्राईपोर्ट र परवानीपुरमा रहेको ट्राफिक प्रहरी पोस्टमा प्रहरी नायब निरीक्षक रामसुन्दर आर्य र परवानीपुरमा प्रसनि वीर बहादुर यादवको आगमनसँगै असुली धन्दा फस्टाएको जन गुनसाहरू आउन थालेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मातहत रहेको अति सम्वेदनशील र व्यस्त सड़क आइसीपी-वीरगंज-सुख्खा बन्दरगाह -पथलैया औद्योगिक सड़क खण्डलाई जोड्ने मुख्य स्थानहरूमा ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी पाएका प्रहरी नायब निरीक्षक आर्य र यादवले व्यापक रुपमा असुली धन्दा सञ्चालनमा ल्याएको बताइन्छ ।

क्षमताभन्दा बढी ओभर लोड सामान बोकेका कारण राजमार्ग तथा अन्य सडकहरू निर्माण गरिएको केही महिनामा नै भत्कने र तत्काल निर्माण गर्न नसक्दा झन् जीर्ण हुने कार्य बढी हुन थालेपछि वीरगंज सिर्सिया ड्राइपोर्ट तथा विभिन्न उद्योग कल कारखानाबाट निस्कने मालबाहक सवारी साधनमा क्षमताको परिधि निर्धारण गरिएको थियो ।

सुरुमा सो कार्यलाई प्रहरी र ट्राफिक प्रहरीले समेत अति कडाइका साथ लागु गरेका कारण पक्की सडकहरू भत्किएका थिएनन् ।

तर, पछिल्लो समय ओभर लोडबाट नै ट्राफिक प्रहरीले कमिसन खान थालेपछि सडक भत्कने क्रम बढ्दो छ ।

ओभरलोडको कमिशनबाट ड्राईपोर्ट र परवानीपुरका प्रहरी सहायक निरीक्षकले असुल्ने र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मणीराम थापासहित प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयासम्म समेत पुग्ने गरेको श्रोतले बताएको छ ।

ओभर लोड गरि समान ढुवानी गर्ने उद्योग धन्दा, व्यवसायी लगायतसँग सेटिंग मिलाउने र निर्वाध रुपमा ओहोर दोहोर गर्न छूट दिएपछि ट्राफिक प्रहरीहरू मोटाए पनि यस क्षेत्रको बाटो अति जीर्ण भई दिनहुँ जसो दुर्घटनाको जोखिम बढेको बताइन्छ ।

सड़क क्षमता भन्दा बढ़ी ओभर लोड भएका सवारी साधनलाई सशस्त्र तथा नेपाल प्रहरीले रोक्ने र ट्राफिक प्रहरीले जरिवाना गर्ने सहमति भएकोमा पछिल्लो समय यस्ता ओभरलोड भएका सवारी साधनलाई कारवाही नगरी कमिसन लिएर छोड्ने गरिएको छ ।

सो क्षेत्रबाट सेटिंग गरेपछि हिँड्ने गाड़ी चेक पोस्टमा पुग्दा ड्राईभरले “फलानो साहूको गाड़ी हो” भनेपछि ट्राफिक प्रहरीले कुनै किसिमको चेकजाँच नगरी जान दिने तथा सेटिंग नगर्ने गाड़ीवाललाई कारवाही गर्ने गरिएको जोकोहिले देख्न सक्छन् ।

प्रतिगाडी एक हजार देखि दुई हजार सम्मका दरले ओभर लोडिङको रकम उठाउने कार्य ट्राफिक प्रहरी कार्यालय परवानीपुरले गर्ने र त्यसको भाग जिल्ला ट्राफिक प्रहरी प्रमुख देखि प्रदेश ट्राफिक कार्यालयसम्म पुग्ने गरेकै कारण ट्राफिक प्रहरीको असुली धन्दा फस्टाएको बताइन्छ ।

आइसीपी, ड्राईपोर्ट हुँदै परवानीपुर भएर १०, १२ र १६ चक्के ओभरलोडका ठूला मालबाहक गाडीहरू निस्कने गर्दछन् । झण्डै दैनिक ४५ देखि ६५ वटा गाडीहरू सो क्षेत्र भइ गन्तव्य तर्फ जाने गरेका छन् ।

यस्तै अवैध असुली र अनियमितता भएपछि प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साबाट केहि ट्राफिक प्रहरीलाई तानेर कारवाही गरेको नाटक गरेपनि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक मणिराम थापाको आगमनयता यस्तो गतिविधि दिन दुई गुणा रात चौगुणाको रफ्तारमा फस्टाउँदै गएको छ।

कमीशन र सेटिंग मिलाएर ड्राईपोर्ट र परवानीपुर पोस्ट गएका ट्राफिक प्रहरी नायब निरीक्षक रामसुन्दर आर्य र प्रसनि बिर बहादुर यादव भने निर्वाध रुपमा प्रहरी आचरण विपरीतका काममा व्यस्त छन् ।

ट्राफिक प्रहरी र नियमक निकायको यस्तै गैर व्यवसायिक कार्य व्यवहारका कारण हाल बन्दै गरेको ६ लेन सड़क निर्माण सम्पन्न नहुँदै भत्किने खतरा बढ्दो छ भने गएको दुई महिनाको अवधिमा पर्साको मुख्य तथा सहायक सडकमा भएको दुई सय ८१ वटा सवारी दुर्घटनामा परी ३३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा २७ जना पुरुष, तीन जना महिला र तीन जना बालक रहेका छन् ।

ट्राफिक व्यवस्थापन अति नै फितलो हुँदा सर्वसाधारण नागरिकहरू सड़क दुर्घटनामा परेर अकाल मृत्युको शिकार भैरहका छन्।कोपि चन्द्रसुर्या वानी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय