देबेन्द्र यादब
पर्सा । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनी बर्दिवासका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी पटक पटक समाचार आउदा तस्कर बिरुद्ध खरो रुपमा प्रस्तुत भएका छन ।
नेपाल भारत सीमा खुल्ला रहेको हुँदा तस्करहरु सक्रिय रहेको सूचना पाउने बित्तिकै डिआईजी कडा निगरानी बढाएका छन । डिआईजी मधेश प्रदेशका ८ वटै जिल्लाका प्रमुखहरुलाई रणनितिक परिचालनका लागि तस्कर बिरुद्ध उभिन निर्देशन दिएका छन ।
डिआईजी तस्करहरु बिरुद्ध खरो उविन निर्देशन दिए पछि सीमा नाका देखि बजार सम्म निगरानी बढाए पछि पछिल्लो समय दैनिक जसो तस्कर र तस्करीका सामान, लागु औषध तथा अबैध हुन्डी कारोबारीहरु सशस्त्र प्रहरीको नियन्त्रणमा आउने गरेका छन ।