![](https://parsadainik.com/wp-content/uploads/2023/03/IMG-20230328-WA0009-1.jpg)
देवेन्द्र यादव ।
बारा । सशस्त्र प्रहरी बलकाे मधेस प्रदेशका डिआइजी र सशस्त्र का बारा स्थित १२ गणका एसपी सीमावर्ती क्षेत्रबाट हुने तस्करी नियन्त्रणमा सक्रिय भएर लागेका छन् तर बरैनिया बिअाेपी बारा का निरीक्षक लाई झुक्याएर दिनेश साहले डिआइजी र एस्पि को नाउ बेचेर तस्करी गराउन सक्रिय छन् । मुसर्वा नाका क्षेत्रबाट खुलेयाम तस्करी गराएको रिपोर्ट सशस्त्र मुख्यालय देखि गृह मन्त्रालय सम्म पुगेको थाहा भएको छ। तस्करीको लागि बारा जिल्ला स्वणर्भूमि बन्न पुगेको छ। भारत जोड्ने बारा का झन्डै सबै नाकाबाट निर्बाध तस्करी हुने गरेको देखिएको छ। बारा का कल्यान्पुर, खेखरिया, मुसहर्वा, बलिराम्पुर, छत्वा, नाकाबाट दिन मा अलि अलि र साँझ परेपछि तस्करी व्यापक मात्रामा मौलाएको स्थानीयको भनाइ छ। दिनभर अलि अलि साँझ परेपछि तस्करीको लागि खुल्ने गरेको स्थानीयहरु बताउँछन्। सुरक्षाकर्मीहरुको साँठगाँठमा सिमा वारिपारीको अबैध कारोवार फस्टाएको छ। केही व्यापारी आफ्नो सामानको राजस्व तिर्न जिल्ला भन्सार कार्यालय नै पुग्ने गरेका भए पनि धेरैले राजस्व नतिर्ने गरेको पाइएको छ । सीमाक्षेत्रमा रहेका सुरक्षाकर्मीको आँखा छल्न चोर बाटो प्रयोग गर्न स्थानीय व्यक्तिलाई केही रकम दिनुपर्छ तब मात्र सहज हुन्छ । बारा का मुसह्र्वा सीमा नाकामध्यको सबैभन्दा चल्तीको नाका हो । यो नाका मा ध्रुब र रुपेशले ५ वाटा मोटरसैकलमा गहु धान लाएर यहा बाट 10 वाटा टेक्टरमा लोर्ड गरि कलैया बिरगंज बाजार पुर्याउने गरेको छ यो ध्रुब र रुपेश ले गरेको तस्करि भिडिओ ले जानाएको छ। विभिन्न नाकाबाट हुने तस्करी नियन्त्रण हुने छाँटकाँट देखिएको छैन । खुल्ला सीमानाकाको फाईदा उठाउँदै तस्कर र प्रहरीको मिलेमतोमा तस्करी भएको छ । बारा को सदमुकाम बारा का ग्रामिण भेगसम्मको नाकाबाट व्यापक रुपमा तस्करीले बढावा पाइरहेको छ । बारा का मुख्यनाका मुसहर्वा बाट छोटेलाल भिखरी को लताकपडा र हार्डवेयरको तस्करी भईरहेको छ भने कल्यान्पुर्को ग्रामिण भेगबाट हार्डवेयर, लताकपडा, कुखुराको चल्ला र भैसीहरुको तस्करी भईरहेको छ । यस्तै, कल्यान्पुर नाकाबाट सकिल, बासुदेव,सुरज, सिकेन्द्रा दैनिक लाखौंको अबैध कारोबार निर्वाध रुपमा गरीरहेका छन् । बरैनिया बाट दिनहँु भैँसी र कुखुराको चल्लाको तस्करीको लाईन खुलेको छ । दिनहुँ छिटपुट दुई÷तिन वटा भैसी आए पनि रातीको समयमा यस .नाकाबाट रातभरी कपडा, राँगा भैसी, कुखुराको चल्ला लगायतको तस्करी हुने गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् । भँैसी र कुखुराको चाला को तस्करी गरीरहेका छन् ।बलिराम्पुर बाट , पवन गुप्ता ले रज्निगन्धा पान मसला को तस्कॠ गरि रहेको छ यी रज्नीगन्धा तस्कॠ गर्ने बयापरी सङ दिनेश ले रुपैया डिआइजी र एस्पि को नाउ बेचेर लिएका छ्न । भन्सार छली गरि ल्याईएको हार्डवेयर र लत्ताकपडामा मन्गय आम्दनी हुने हुँदा तस्कर गिरोहले प्रहरी प्रशासनलाई नै मिलाएर अबैध रुपमा हार्डवेयर र लत्ताकपडा नेपालतर्फ ल्याउने गरेका छन् ।ससस्त्र प्रहरी बल बिओपी बरैनिया का हवल्दार दिनेश साह ले डिआइजी र एस्पि को नाउ बेचेर प्रतेक व्यापारी सङ डिल गरि रहेका यो कुरा बिओपी बरैनिया का निरीक्षक लाई थाहा न भएको आफ्नो तरिका ले कसैलाई था न हुने गरि पैसा असुली गरिरहेका छ्न ।आफ्नो डिउटि पनि गर्ने र डिउटी सिधिये पछि घुमुवा को रुप मा सन्चालन भएका दिनेश साह लाई के डिआइजी कार्वही गर्लान त यो हेर्न बाकी छ। यो नाका मा तस्करी भएको छ घुमुवा बनेर डिआइजी र एश्पी को नाउ बेचेर पैसा असुल्दै गर्ने यी हवलदार लाई कार्वाहि गर्लन डिआइजी यो हेर्न बाकी नै छ। भारतबाट तस्करी भई ल्याईएको कुखुरा र कुखुराको चल्ला बारा मा संचालन रहेको विभिन्न कुखुरा फर्महरुमा पठाउने गरिएको छ । यस्तै, तस्करीमार्फत भित्रिएको भैसी पर्साको परवानीपुर बजारमा जाने गरेको छ भने भारतबाट तस्करी भई आएको कपडा वीरगंज कलैया ल्याई यहाँबाट बाहिर पठाउने गरिएको स्रोत ले जनाएको छ।