भिस्वा नाका तस्कर मुन्ना को कब्जा मा राती राती हुन्छ खुलेयाम तस्करी

देबेन्द्र यादब
बिरगंज । पर्साकाे भिश्वा नाकाबाट केही दिन यता व्यापक तस्करी धन्दा शुरू भएको छ। तस्करहरूले सुरक्षाकर्मीहरूकाे सेटिङमा तस्करी धन्दा चलाएका छन् । सुरक्षाकर्मीहरूकाे संरक्षण र सेटिङ बिना यस नाकाबाट तस्करी सम्भव नै छैन । बिरगंज बजारबाट टाढा अलि टाढा भएको कारण पनि तस्करहरूले तस्करीको लागि जिल्ला प्रहरी वा सशस्त्रको गण सम्म मिलाउन आवश्यक छैन ।त्यही कार्यरत सुरक्षाकर्मी मिलाए पुग्ने अवस्था भएको कारण पनि भिश्वाबाट तस्करी गर्न र गराउन सजिलो भएको कारण तस्करहरूले भिश्वाकाे नाका बढी प्रयोग गर्न थालेका छन् । यसका अलवा चाइनिज स्याउ , छाेकडा र सुपारीकाे तस्करी पनि भिश्वाबाट केही दिन यता निकै चलिरहेको छ। अहिले सबैभन्दा बढी तस्करी गाैरव राेड क्यारियरकाे नामबाट भएको स्थानीय बासिन्दा बताउँछन् । यस संवाददाताले उक्त क्यारियर कसको रहेछ भनी साेधपुछ गर्दै जानेक्रममा पत्ता लाग्यो कि हरि कुशबाहकाे रहेछ। उनी धेरै पहिलेदेखि तस्करी धन्दामा संलग्न बिबादास्पद व्यक्ति हुन । यसअघि पनि धेरै पटक उनले तस्करी धन्दा चलाउदा सामान पक्राउ परेर भन्सार तथा राज्श्वमा बुझाउने काम सुरक्षाकर्मीहरूबाट हुदै आएको छ। अहिले पनि बिरगंज बजारबाट भिश्वाकाे लागि भनी चाइनिज स्याउ , सुपारी , छाेकडा , देखि कस्मेटिकका सामानहरू लैजाने अनि सुरक्षाकर्मीकाे संरक्षणमा भारततर्फ तस्करी गर्ने काम गाैरव राेडका नाममा हरि कुशवाहले गरिरहेका छन् । भिश्वाका स्थानीयले न त ती सामान नै उपभोग गर्छन् न त प्रयोग नै। न त त्यसरी लिएर गएको सामान भिश्वामा खपत नै हुन्छ । बिरगंजबाट हरि कुशवाहले लगेका सामान भारततर्फ तस्करी हुदै आएको छ।भिस्वा नाका भन्दा करिब १०० मिटर नजिकै रहेको प्रहरी चौकी भिस्वा र सशस्त्र प्रहरीको मिलोमतोमा भिस्वाबाट ठूलो मात्रामा कवाड ,चाईनीज स्याउ, युनिलिभरको फेयर एण्ड डाबर क्लोजअप पेस्ट जस्ता कष्टमेटिक सामान तथा सुपारि छोकडा, जुटको बोराको ठूलो मात्रामा तस्करी भैरहेको समाचार प्राप्त भएको छ ।प्रहरी चौकी भिस्वाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) र सशस्त्र प्रहरी बीओपी का प्रमुख लाई समेत सेटिङ मिलाएर यहाँबाट ठूलो मात्रामा तस्करी भएको हो । स्याउ तस्करीको लाईन पाउनेमा मुन्ना जैसवाल रहेका छन् । त्यस्तै युनिलिभरको फेयर एण्ड , क्लोजअप पेस्ट जस्ता कष्टमेटिक, सुपारि ,छोकडा तस्करीको लाईन पाउनेमा हरि कोईरी र रामु जैसवाल रहेका छन् ।अहिले भिस्वा नाकाबाट काम गर्ने ,चाईनीज स्याउ तस्कर मुना जैसवाल, युनिलिभरको फेयर एण्ड लब्ली, क्लोजअप पेस्ट जस्ता कष्टमेटिक, सुपारि ,छोकडाको तस्कर हरि कोईरी र रामु जैसवालहरुसँग सशस्त्र प्रहरीको भिस्वास्थित रहेको बीओपीका इन्सपेक्टर र प्रहरी चौकी भिस्वाका प्रहरी नायब निरीक्षक लाखौं रुपैयाँको नजराना बुझी तस्करीको लाईन दिएको नाम नछाप्ने शर्तमा एक तस्करले बताएका छन् ।भिस्वाका यी व्यापारीहरुले बजार व्यवस्थापन समितिको नाममा बीरगञ्जबाट माल ल्याई स्टोर गरेर राख्ने र रातारात इन्डिया कटाई हाल्ने गरेको स्थानीयहरु बताउँछन् । नेपाल-भारत बोर्डरको दशगजा नजिक उनीहरुको गोदाम रहेको छ । सो गोदामको छेउछाऊमै प्रहरी चौकी रहेपनि रातिको समयमा प्रहरी र सशस्त्र प्रहरीको सहयोगले तस्करी भईरहेको स्थानीयहरु दावी गर्छन । यिनीहरुको माल कटाउनको लागि सिक्टाको पप्पु र भिस्वाको लड्डुले कामदारहरु ल्याई ठेक्का लिई भारततर्फ माल कटाउने गरेको बताइएको छ ।उनीहरुले राती मात्र नभई दिनमा पनि २०-२५ महिलाको प्रयोग गरि आधा आधा बोरा गरेर दिउँसो पनि सामान कटाउने गरेको त्यहाँ जाने जो कोहीले देख्ने गरेका छन् । यस्ता गतिविधितर्फ दुबै डिआइजी को ध्यान ध्यान जान यति आवशयक देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय