मनोहर यादब
बिरगंज । बाराको बलिरामपुर र मुसहर्वा सिमानाका क्षेत्रमा प्रहरीचौकी मुसर्वा का घुमुवा भुसाल तुराहा र ससस्त्र प्रहरी बरैनिया बिओपी प्रमुख राजकुमार छेत्री को सेटिङमा अवैध धन्दा फस्टाएको छ । कतिसम्म भने हुण्डी कारोबारी देखि लागुऔषध कारोबार गर्नेहरुले समेत घुमुवा सिपाही तुरहा सङ सेटिङ मिलाएका छन् । प्रहरी चौकी मुसहर्वाका सई मोहन आल्ले प्रहरी सिपही भुसाल तुराहा लाइ घुमुवाका रुपमा खटाएका छन् । बिओपी बरैनिया प्रमुख र चौकी का घुमुवा सिपाही तुरहा कपडा र भैंसी कवाड तस्कर देखि लागुऔषध कारोबारी र हुण्डी कारोबारीसँग समेत मासिक दररेट तोकेर पैसा उठाउन थालेको स्रोत बताउँछ ।
बारा जिल्लाको मुसहर्वा र बलिरामपुर नाकाबाट अबैध कारोबार गर्ने कारोबारीहरु संग मोटो रकम लिएर ति घुमुवाले र इन्स्पेक्टर ले नै संरक्षण र स्कटिङ गर्ने गरेको एक जना स्थानीयले नाम नखोल्ने सर्तमा बताएका छन् । अहिले भारतीय बजारबाट अवैध मार्ग हुँदै कपडा ,कस्मेटिक, तयारी पोषाक, मोटर पार्टस, पानी तान्ने मोटर, हार्डवेयर, इलेक्ट्रोनिकका सामान र सुटिङ सटिङका सामानहरु सूर्तीजन्य पदार्थ,चिनी, किरानाका सामानहरु खुलेआम तस्करी हुदै नेपाल भित्रिरहेको छ ।
बलिरामपुर र मुसहर्वा नाकाबाट कपडा र भैंसीको र कवाड को तस्करी तीब्र रुपले बढेको छ । मुसहर्वा र बलिरामपुर, नाका हुँदै प्रसौनीको बाटो रातिको ९ बजेदेखि बिहानको ४ बजेसम्म भन्सार छली गरेर तस्करीको कपडा पिकअप भ्यान र मोटरसाइकलका माध्यमबाट नेपाल भित्र्याउने गरेका छन् ।बलिरामपुर र मुसहर्वाबाट नमुदत तस्करका समुहसंग मोटो रकम बुझी पिकअप र १० वट मोटरसाईकल प्रयोग गरी रातभर कपडा र जुत्ता चप्पलको तस्करी गर्न लाइन दिएका छन । बलिरामपुर र मुसहर्वाबाट हार्डवेयर,सुर्तीजन्य पदार्थ ,कष्टमेटिकको लाइन पाएको हो ।
यस्तै बलिरामपुर र मुसहर्वा दुबै नाकाबाट रातभरि कवाड को तस्करी गर्न तस्करका समुहले लाईन पाएका छन ।बलिरामपुर र मुसहर्वा नाकाबाट छोटेलाल भिकारि समूहले कपडा तस्करिको ठुलो लाईन पाएका छ्न । कलैयामा खपत हुने कपडाको ५० प्रतिशत भन्दा बढी भन्सार नै नतिरी तस्करी गरेर ल्याउने गरेको कलैयाका कपडा व्यपारीहरुले बताएका छन् ।
मुसहर्वा नाकाबाट , मुरारी महतो, खेना यादव, बिन्दा ,सकिल ,चन्दन ,पन्डित ,प्रेम , सुनेश ,बिरेन्द्र ,पवन ,तार्केश्वर ,अनवर, लगायतका तस्करहरुले साइकल मोटरसाईकलको माध्यमले कपडा, हार्डवेयर,सुर्तीजन्य पदार्थ ,कष्टमेटिक, किराना आईटम, जस्ता समान भित्र्याउने गरेका छन् । इनार्वा का मुना मियाँले कपडाको काम गरिरहेका छन । इडिया घर भएका बूज साहले दारू रक्सीको काम गर्न लाइन पाएका छन ।
बाराको नामुदत तस्कर बलिराम्पुर गाउँ कै स्थानिय पवन गुप्ता भनिने र तर्केस्वर भिम भारतबाट नेपालमा सुर्ति , रजंनिगंन्धा , राजनिवाश , पान पराग , लत्ताकपडा , हाडयेवर लगायतका समानहरु भित्रयाउछन् भने नेपालबाट भारत रातिको समय प्रहरीले सेटिङमा रक्सीको तस्करी गराउदै आएका स्थानियहरुले बताएका छन्। सीमा क्षेत्रमा हुने तस्करी प्रहरीको सहमतीमा नै हुने गरेको देखिन्छ । प्रहरीको सहमती विना भारतिय बजारबाट नेपालमा हुने तस्करी त्यती सजिलो छैन् । सीमा क्षेत्रमा प्रहरीले सहमती नजनाएसम्म संस्थागत रुपमा तस्करी हुँदैन । प्रहरी र तस्करको सेटिङमा तस्करी हुने गर्दछ ।
बलिरामपुर र मुसहर्वा नाकामा पनि प्रहरी र संस्थागत रुपमा तस्करी गर्नेहरु बीच सेटिङ मिलाएर तस्करी हुने गरेको छ । यस नाकाबाट तस्करहरुले मासिक रुपमा प्रहरीलाई रकम बुझाएर तस्करी गर्ने गरेका छन् । यी तस्करहरुको काम सँधै सीमा क्षेत्रमा तस्करी गर्नु हो । प्रहरीसँग यिनीहरुको सेटिङ मिलेमा तस्करी गर्ने सेटिङ नमिलेमा तस्करी रोक्ने गर्दछन् । बिओपी बरैनिया प्रमुख ले तस्करीको सबै सेटिङ मिलाएर उठेको रकम घर पठाउने गरेका छ्न ।माथिलो निकस्य्को ध्यान जन्न अति आवस्यक देखिन्छ।