आगलगी पिडित लाई छायाँ नेपाल द्वारा खाद्यान समाग्री हस्तांतरण

बिरगंज । रौतहट जिल्लाको सदर मुकाम गौर नगरपालिका वडा नं. १ स्थित रहेको भागवती मंदिर भन्दा १०० मिटर दक्षिणमा रहेको इस्लाम मियाको इस्लाम कपास डसना उद्योग र बगलमा रहेको दुई घरमा मंसिर ७ भएका भिषण आगलगी बाट पिडित परिवारलाई छायाँ नेपाल संस्थाले खाद्यान समाग्री हस्तांतरण गरेका छन ।

आगलागी पिडित परिवारलाई छायाँ नेपालको स्थानीय संयोजक अरूण जयसवालको पहलमा छायाँ नेपालका को आर्थिक सहयोग र गौर नगरपालिकाको सहकार्यमा खाद्यान्न सामग्री ३ घरधुरी परिवारलाई हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा नगर प्रमुख श्री शम्भु साह, छायाँ नेपालको स्थानीय पार्टनर राजेश साह लगायत अन्य भद्र भलादमी को उपस्थित रहेका थिए ।

संस्थाले पिडित प्रति परिवारलाई चामल १ क्विन्टल, दाल ५ किलो,आलु १० किलो, सोयाबिन १ किलो, तेल ३ लि., नुन २ किलो, सरफ ५ किलो, साबुन २ दर्जन सहयोग गरेका छन् ।

आगलगीमा इस्लाम मियाका २ जना छोरी र १ जना छोराको मृत्यु भएका थिए भने १ जना छोरा गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय