सडकपेटी खाली गराउन डोजर लिएर निस्किए इनरुवाका मेयर

काठमाडौं । पटक–पटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै इनरुवा नगरपालिकाले मंगलबारदेखि अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ ।

३५ दिने र त्यसपछि तीनदिने सूचना जारी गर्दा समेत सडकपेटी खाली नगरेको भन्दै नगर प्रमुख केदार भण्डारीसहित नगरपालिकाको टोली डोजर लिएर सडकमा निस्किएको हो । नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुख भण्डारीले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाए ।

व्यापारी र केही स्थानीयको अवरोधबीच नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टहरा हटाउन थालेको छ । नगर सफा राख्ने कार्यमा नगरवासीको साथको अपेक्षा गरेको नगरपालिकाले जनाएको छ ।

सडकपेटी खाली गराउन पुगेका नगर प्रमुख भण्डारीले पटक–पटकको सूचना अटेर गरेपछि बाध्य भएर ‘एक्सन’मा उत्रनुपरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय