देबेन्द्र यादब
वीरगन्ज, १७ कार्तिक । मधेस प्रदेशमा सशस्त्र प्रहरीले बरामद गरेको लाखौंको पटाका नष्ट पारेको हाे । भारतबाट नेपाल भित्र्याउने क्रममा मधेश प्रदेशको ८ जिल्लाबाट बरामद गरिएको करिब ३४ लाख बढीको पटाका सशस्त्र प्रहरीले नष्ट गरेको हो । सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालयको तथ्यांक अनुसार ३४ लाख ७३ हजार २७ रुपैयाँ बराबरको विष्फोटक पदार्थ पटाका नष्ट गरिएको हो । मधेश प्रदेश प्रमुख डिआइजी गणेश ठाडा मगरको विशेष सक्रियतामा दशै, तिहार र छठ पर्वको बेला ती पटाकाहरु बरामद गरि नष्ट गरिएको हो ।कार्यालयका अनुसार सप्तरीबाट एक लाख ५८ हजार २ सय २, सिरहाबाट ७ लाख ८० हजार २ सय २, धनुषा बाट २५ हजार, महोक्तरी ७ लाख ८८ हजार ७ सय ४०, सर्लाहीबाट ४ लाख १७ हजार ५ सय २६, रौतहटबाट ४ लाख १३ हजार ३ सय, बाराबाट ५ लाख ५१ ह्जार ९ सय ६८ र पर्साबाट ३ लाख ३७ हजार ४ सय २७ गरि कुल ३४ लाख ७३ हजार २७ रुपैयाँ बराबरको विभिन्न किसिमको पटाकाहरु नष्ट गरिएको हो । पटाका ल्याएको सूचनाका आधारमा पछ्यादै जाँदा सशस्त्र प्रहरीले मधेश प्रदेशको विभिन्न जिल्लाबाट आलु बम, फुलझरी, नागिन, रकेट र कोब्रा लगायतको नाम गरेको पटाका बरामद गरेको हाे । बरामद पटाका खाल्डो खनेर सम्बन्धित बिओपीले नष्ट पारेको सशस्त्र प्रहरी बल मधेश प्रदेश का बाहिनी पति गनेश बहादुर ठाडा मगर बताउनुभयाे ।
मधेश प्रदेश मा ससस्त्र प्रहरी ले ३४ लाख भन्दा बढीको पटाका नष्ट
ताजा समाचार
लोकप्रिय
© 2025 Parsa Dainik | All Right Reserved | Privacy Policy
Powered by: ProTech