बिरगंज ।। मधेस प्रदेशको छिन्नमस्ताबाहिनिका डि.आई.जि .गणेश ठाडा मगर अनुसासित,इमान्दार,कर्मठ,स्वच्छ छवि र साकारात्मक सोचका प्रहरी प्रमुख भएकाले उनका मातहतका प्रहरी कर्मचारीहरु उनी संग प्रभावित भइ नयाँ उर्जा र शक्ति थपिएका कारण धमाधम तस्करीका,लागु औषध जस्ता गैर कानुनी सर-समानहरु पक्राउ गर्ने कार्यहरू तीव्रता पाएका समाचार प्राप्त भएका छन् ।
डि.आई.जि .ठाडा मगरको अगुवाइमा सशस्त्र प्रहरी बल नेपाल न .१२गण हे.क्वा.बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाका अनुसार आर्थिक बर्ष ०७८/०७९मा सशस्त्र प्रहरी बल नेपाल न .१२गण हे.क्वा.बाराले अबैध सवारी साधन ,इलेक्ट्रोनिक पार्ट्स,मोटर पार्टस,मल खाद, कापडा , किराना समान , पशु चौपाया , मदिरा , सुर्तीजन्य सुपारी र अन्य समान सहित मुल्य रु. ५,६५,३२,३५८/-, अबैध मुद्रा रु.५,५४,६४९/- सुन चादी मुल्य रु.४,४०,९०७/- काठको मुल्य रु.१५,६०,५२०/- बराबरको विभिन्न समान पक्राउ गरि जम्मा बरामदी मुल्य रु.५,९०,८८,४३४/- रहेको जानकारी दिएका छन ।
पाँच नाल हथियार(पेस्तोल ), तयारी गाजा११९५.५८के.जि., चरेस ९.९५के.जि.,डाईजोपाम ९९०वटा,फेनारगन ९५५वटा,डाईजोल्याब ३०वटा,कोरेक्स ५७बोत्तल ,नर्फिन ९३१वटा,विनसिरेक्स६०वटा,डिलेक्स डि सि ११५वटा, र अन्य १४२वटा लागु औषध तथा विभिन्न घटनामा संगलन २३८ जना पुरुष र ८जना महिलालाई पक्राउ गरि आवश्यक कारबाही गरेको जानकारी सशस्त्र प्रहरीका एस पि राजेन्द्र थापाले दिएका छन ।
आ.ब .०७९/०८० को श्रावण र भाद्र महिनामा अबैध सवारी साधन ,इलेक्ट्रोनिक पार्ट्स,मोटर पार्टस,मल खाद, कापडा , किराना समान , पशु चौपाया , मदिरा , सुर्तीजन्य सुपारी र अन्य समान सहित मुल्य रु.२,१६,४०६३७/- बराबरको समान पक्राउ गरि भन्सार दाखिला गरेको तथा तयारी गाजा१५ के.जि., .,डाईजोपाम ९००वटा,फेनारगन ८७५वटा ,नर्फिन ९२५वटा लागु औषध तथा विभिन्न घटनामा संगलन २१ जना पुरुष लाई पक्राउ गरिएको जानकारी सशस्त्र प्रहरी बल नेपाल न .१२गण हे.क्वा.बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिएका छन ।
आज ६.१०बजे सशस्त्र प्रहरीबाराले ठूलो परिमाणमा लागु औषध चरेस भारतसंग सीमा जोडिएको बाराको बेनौली गाँउबाट लागूऔषध चरेस २० किलो सहित तीन जनालाइ पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १९ नगवा घर भएका ३० बर्षिय मुकेश श्रीवास्तव, वीरगन्ज २ छपकैया घर भएका १६ बर्षिय मुस्तफा देवान र बाराको महागढीमाई नगरपालिका १ घर भएका ३७ बर्षिय मुस्तान देवान रहेका छन् ।बाराको पचरौता नगरपालिका वडा नम्बर ७ बेनोली स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टबाट शुक्रबार बिहान खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट चरेस बोकेर आउदै गरेका अटो न.ना१ह ६२३४ मा उनीहरुलाई पक्राउ गरेको हो ।
चरेस सहित पक्राउ परेका तीनै जनालाइ कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाईएको मधेस प्रदेशको छिन्नमस्ताबाहिनिका डि.आई.जि .गणेश ठाडा मगरले बताए ।
सशस्त्र प्रहरीका डि.आई.जि .गणेश ठाडा मगरको नेतृत्वमा बारा सशस्त्र प्रहरीका एस.पि. राजेन्द्र थापा द्वारा तस्करी,लागु औषध नियन्त्रण :नेपाल सरकार को राजस्वमा वृद्धि ।
ताजा समाचार
लोकप्रिय
© 2025 Parsa Dainik | All Right Reserved | Privacy Policy
Powered by: ProTech