ग्यालेक्सी टेलिभिजनका पत्रकार जियालाल साह अर्थमन्त्रीबाट सम्मानित

वीरगंज । राष्ट्रिय फोटोपत्रकार समूह एनफएपिजे नेपालले आयोजना गरेको राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२ को प्रदेश स्तरीय फोटोपत्रकारिता अवार्ड सञ्चारकर्मी जियालाल साहले जितेका छन् । मधेस प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा पत्रकार जियालाल साहले हात पारेका हुन् ।
मधेस प्रदेशबाट उत्कृष्ट पाँचमा पर्न सफल भएका फोटो पत्रकारहरु मध्ये साहको फोटो छनोट भएको हो । राष्ट्रिय फोटोपत्रकारिता अवार्डका लागि १४ विधामा पुरस्कार प्रदान गरेको हो । प्रदेश स्तरीय फोटोपत्रकारिता अवार्डमा मधेस प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि ५ जना फोटो पत्रकारहरु मनोनयमा परेका थिए ।
हाल मध्य नेपाल डटकम र ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहेका साह एभिन्युज टेलिभिजन, हिमालखबर, एपिवन टेलिभिजन जस्ता मिडियाहरुमा समाजिक, आर्थिक र राजनितीक क्षेत्रबारे खोज पत्रकारिता गर्दै आएका सक्रिय पत्रकार हुन् । नेपाल पत्रकार महासंघ पर्साका सह–सचिव समेत रहेका पत्रकार साहले खिचेका फोटोहरु राष्ट्रिय मिडिया संगै अन्तर्राष्ट्रिय स्तरका एपी, सिन्हवा लगायतका एजेन्सीमा समेत प्रकाशित भएको छ । मधेश आन्दोलन, टोरनाडो, कोरोना महामारी लगायतका बेलाको फोटोहरु एपी, सिन्हा लगायतका एजेन्सीमा प्रकाशित भएको थियो ।
फोटो पत्रकारिता अवार्डका लागि पर्साबाट नयाँ पत्रिका दैनिकमा कार्यरत तिवारी यादव ,कान्तिपुर टेलिभिजनमा कार्यरत पंकज श्रेष्ठ, यस्तै ग्यालेक्सी टेलिभिजनमा कार्यरत जियालाल प्रसाद साह र मध्य नेपालकी कविता खड्काको मनोनय परेका थियो ।
संस्थाको २५औं वार्षिकोत्सव समारोहमा अर्थमन्त्री जनार्दन शर्मा, खेलकुद मन्त्री महेशवर गहत राज लगायतले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष प्रदिपराज पन्तको सभापतित्वमा समपन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय