बिरगंज । राष्ट्रिय बाल दिवसको अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले अतिरिक्त क्रियाकलापमा बिभिन्न विद्यामा उत्कृष्ट भएका नेपाल एपिएफ स्कुल कृर्तिपुरका बिद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको छ।
सो स्कुलमा भाद्र २९ गते आयोजित कार्यक्रमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष श्रीमती अर्यालले सशस्त्र प्रहरी परिवार महिला संघको तर्फबाट ३ वटा कम्प्युर सेट समेत प्रदान गर्नुभयो ।
सोही अवसरमा स्कुलका बिद्यार्थीहरुले बिभिन्न प्रतिभा तथा साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल एपिएफ स्कुलका प्रधानाध्यापक युवराज पराजुलीले स्वगत मन्तब्य तथा नेपाल एपिएफ स्कुलका समादेशक सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मी थपलियाले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, नेपाल एपिएफ स्कुलका शिक्षक तथा बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष श्रीमती अर्यालबाट नेपाल एपिएफ स्कुलका बिद्यार्थीहरुलाई पुरस्कार प्रदान
ताजा समाचार
लोकप्रिय
© 2025 Parsa Dainik | All Right Reserved | Privacy Policy
Powered by: ProTech