भन्सार बिओपी बिरगंजमा इन्स्पेक्टर भट कार्य्भर सम्हाल्ने बितिकै धमाधम पक्राउ पार्दै कस्तुरि बिनाजस्तो देखिने सामानसहित ६ जना भारतीय महिला पक्राउ

बिरगंज । सशस्त्र प्रहरीको टोलीले पर्साको बीरगंजबाट कस्तुरीको बिना जस्तो देखिने सामान, रुद्राक्षसहित ६ जना भारतीय महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत मध्य प्रदेश, जिल्ला कटनी, ठाना रिट्ठी घर भएका ४५ बर्षीया सकुनत देवी, २७ बर्षीया चुरिया देबी, ३५ बर्षीया ईराल देवी, ४६ बर्षीया मझुली देबी, २२ बर्षीया टुटलवाई देवी र २२ बर्षीया लाखि देवी छन् ।उनीहरुको साथबाट कस्तुरीको बिणा जस्तो देखिने ३ वटा ठूलो र ८८ वटा सानो सामान, सिताराम र हनुमान अंकित मुद्रा २४ वटा तथा रुद्राक्ष बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।भारतबाट नेपालतर्फ आएका उनीहरुलाई बीरगंज १६ स्थित शंकराचार्य गेट नजिकबाट पक्राउ गरिएको सशस्त्र प्रहरी नायब निरीक्षक सन्जय बाराल ले जान्कारी दिनु भयो।

पक्राउ परेकालाई सामानसहित आवश्यक अनुसन्धान तथा कार्वाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता पर्सामा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय