वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट अवैध भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ । तीन दिनको ईजाजत पत्र बनाई ११८ दिनसम्म राखिएको कार नियन्त्रणमा लिएको हो ।
भदौ २१ गते दिउँसो साढे २ बजे वीरगञ्ज–१६ भन्सार रोडमा बोर्डर आउट पोष्ट वीरगञ्जबाट खटिएको गाडी मोबाईल टोलीलाई देख्ने वित्तिकै कार छोडेर चालक भागे ।बीआर ०६ एभी ५९१४ नम्बरको सेतो कार चेकजाँच गर्दा गौर भन्सार कार्यालय रौतहटबाट बैशाख २६ गतेदेखि २८ गतेसम्मको इजाजत पत्र बनाई नेपाल प्रवेश गरी १ सय १८ दिन नेपालमै राखिएको रहेछ ।कारको मुल्य २० लाख रुपैयाँ मुल्यांकन गरी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पर्सामा बुझाईएको सशस्त्र प्रहरी बल बिओपि बिरगंज भन्सार प्रमुख ले जान्कारी दिनु भयो।
बिओपी भन्सार मा इन्सपेक्टर भट्ट आउने बितिकै अबैध कार बरामद
ताजा समाचार
लोकप्रिय
© 2025 Parsa Dainik | All Right Reserved | Privacy Policy
Powered by: ProTech