नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी परेको प्रहरीले जनाएको छ ।
लामिछानेले एक १७ वर्षीया बालिकालाई भदौ १ गते भक्तपुरको नगरकोट लगेको तथा भदौ ५ गतेकाठमाडौंकै एक होटलमा बसेको र त्यहीँ उनको बलात्कार गरेको आरोप छ । प्रहरी उजुरी दिएकी ती किशोरीको स्वास्थ्य जाँचपछि प्रहरीको संरक्षणमा राखिएको प्रहरीले जनाएको छ ।
लामिछाने भदौ ६ गते टी–२० सिरिज खेल्न केन्या गएका थिए। केन्यामा पाँच खेलको टी–२० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए।
मंगलबार नै नवलपुर जिल्ला अदालतले बाल यौनदुरुपयोगका आरोपित अभिनेता पल शाहलाई अढाई वर्ष जेल सजाय तोकेको छ ।
नेपाली क्रीकेटर सन्दिप लामिछाने माथी बलत्कार को आरोप
ताजा समाचार
लोकप्रिय
© 2025 Parsa Dainik | All Right Reserved | Privacy Policy
Powered by: ProTech