देबेन्द्र यादव
बिरगंज । सशस्त्र प्रहरी बलका बारा स्थित १२ नम्बर गणका एसपि राजेन्द्र थापा बिदामा बसेकाे अवसर पारेर अहिले बारा मा विभिन्न नाकाहरूबाट व्यापक तस्करी भैरहेको छ। सबैभन्दा बढी तस्करी बलिराम्पुर गाउँबाट भैरहेको छ। अस्थाइ बिओपी का सइ अर्जुन पनेरु आफ्नो माथी सम्म पहुच छ केही हुदैन भन्दै खुलेयाम तस्कर लाई लाइन दिएका एक भिडिओ क्लिप ले था भएको छ। । अहिले तस्करहरूले साेझै बलिराम्पुर का अस्थाइ बिओपी प्रमुख अर्जुन पनेरु लाई मिलाएर तस्करी गरि रहेका छ्न ।बलिराम्पुर नाका अस्थाइ बिअाेपीले हेर्ने गरेको छ। तर इ बलिराम्पुर गाउँ का मफिया तस्कर हरु लाई लाइन पाएको भन्दै सइ को नाम भजाउदै खुलेयाम तस्करी गरिरहेका छन् ।जस्ले ठूलो मात्रामा कपडाको र रक्सी को तस्करी गरिरहेका छन् । एक रूपैयाँ पनि भन्सार नतिरी खुलम्खुला तस्करी भैरहेको छ। यसबाहेक ठूलो मात्रामा हार्डवेयरकाे तस्करी गरिरहेका छन् ।ससस्त्र प्रहरी मिलेपछि र सशस्त्र प्रहरीले लाइन दिएकाे भन्दै तस्करहरूले रातिको समयमा मात्रै हाेइन दिउँसै खुलम्खुला तस्करी गरिरहेका छन्।
सशस्त्र प्रहरी लाई बदनाम गर्दै बलिराम्पुर का सइ
ताजा समाचार
लोकप्रिय
© 2025 Parsa Dainik | All Right Reserved | Privacy Policy
Powered by: ProTech