डिआइजी मगर को एक्सन मा पक्राउ परेका अबैध सामान १ अर्ब भन्द बडि राज्स्व दाखिला

देवेन्द्र यादव बिरगंज । सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) गणेश ठाडामगर लगायत उनका टोलिले मधेश प्रदेशको ८ वटै जिल्लाका विभिन्न भारतिय नाकाहरुबाट चोरि पैठारी, राजस्व छली गरी ल्याएको विभिन्न मालसामान पक्राउगरि आ. व. २०७८ साल भाद्र देखि २०७९ भाद्र १० गते सम्ममा एक अरब भन्दा बढि को सामाग्रीहरू पक्राउ गर्न सफल भएका छन् ।

सिमा सुरक्षा, तस्करी र अवैध क्रियाकलाप नियन्त्रण गर्न खटिएका सशत्र प्रहरी बलले विभिन्न माध्यम बाट विभिन्न सामाग्रीहरू राजस्व छलेर भारतबाट नेपालतर्फ ल्याउदै गर्दा एक वर्ष भित्रमा तपसिल बमोजिमको मालसामान पक्राउ गएको सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) गणेश ठाडामगरले जानकारी गराएका छन्।

अवैध सामान भन्सार दाखिला:- ७०,५७,८६,८७१।
अवैध चौपाया भन्सार दाखिला – १,५७,४२,२६०/
अवैध काठ बरामद:- ४७३०.८८ क्यू. फिट रु.१,६०,०४,२२७१ /
विभिन्न लागुऔषध बरामदः -५८०४१ पिस
गाँजा बरामद:- ३६२६.४५१ के.जी.
चरेस:- २०.९२ के.जी.
ब्राउन सुगर:- ६.७७ मि.लि. ग्राम
गाँजा फडानी:- जम्मा ३९ विघा, १४ कठ्ठा ५ धुर
सुन चाँदी बरामद:- ३,११,७६,३५९ ।-
(सुन १९५.८९ मि.ग्राम, चाँदी १०.८२० के.जी.)
स्रोत नखुलेको भारतीय मुद्रा – २२,६०,०२४।
स्रोत नखुलेको नेपाली मुद्रा-३,०७,००,२३५ ।
नक्कली नेपाली मुद्रा:- १९,४१,०००।
नक्कली भारतीय मुद्रा- ९८,५६०१
चेलीबेटी बेचबिखन उद्धारः-५८ जना
हतियार बरामद:- १८ नाल
व्यक्ति पक्राउः २४९ जना
सवारी साधनः- १०७० वटा
ज्वाईन्ट पट्रोल:- १००२ पटक
समकक्षी बैठक:- ६३
लिंक पट्रोल:-५२६

सर्वोत्कृष्ट बाहिनी पुरस्कार समेत पाएका सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) गणेश ठाडामगरले मधेश प्रदेशका विभिन्न भारतीय नाकाहरूमा फस्टाएका तस्करहरुलाई तह लगाउदै एक वर्षमा ठूलो सफलता हासिल गरेका छन् ।

डिआईजी गणेश ठाडा मगरको ठाडो निर्देशनले सीमाबाट हुने अवैध कारोवारहरुमा पक्कैपनि कमी आउने गरेको बिश्वास लिइएको छ । सीमा सुरक्षाको साथ साथै सीमा हुदै हुने गरेको राजस्व छलि नियन्त्रणको निम्ति खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले यस आर्थिक बर्षमा गरेको कार्य सराहनीय रहेको तुलनात्मक विवरणले स्पष्ट पारेको छ ।

डिआईजी गणेश ठाडा मगरले आफ्नो कार्यकालमा कुनै किसिमको अवैध क्रियाकलाप गर्ने गिरोहलाई बढावा नदिने बताउनु भएको छ । नेपाल र भारतको सीमा नाका खुल्ला भएको कारण अवैध तरिकाले आयात निर्यात हुने गरेको कार्यलाई पूर्ण रुपले ठप्प पार्न नसकिने भएपनि आफ्नो प्रयास न्यूनिकरण गर्नमा कुनै कसर बाकी नराखिने डिआईजी मगरले बताए अगामी दिनमा पनि प्रदेश नम्बर २ का मातहातमा रहेका सशस्त्र प्रहरीले अवैध क्रियाकलाप गर्ने संगठनहरु संग कुनै सहकार्य नगरी यस्तै कार्य गरिरहने बिश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय