देबेन्द्र यादब
बिरगंज । नेपाल कै आर्थिक नगरि बिरगंज पर्सा मुलुक को ६०प्रतिशत बजेट नै चल्दछ?आर्थिक बर्ष ७८/७९ को फाल्गुन १८ गते बाट नेपाल सरकार ले नेपाल राष्ट्र बैंक मार्फत नाया नीति बनाए प्रश्चात ट्रेदिङ लाई भन्सर पास गराउन सार्है गार्हो पाइरेको छ।(L.C.T.T) अनि उधोग लाई २%र ट्रेदिङ लाई १०%बैंक बाट CR जम्मा गरे प्रश्चात मात्र प्रग्यापन, ब्रेफ्किङ कागज निस्कन्छ ।त्यस्का कारन अहिले पर्सा मा अबैध रुप मा चोरी तस्करी बढेको देखिन्छ । वीरगन्ज अहिले तस्करहरूको अखडा पनि मानिन्छ ।वीरगन्जको छपकैंया बाट खुलम खुल्ला तस्करी भइरहेको समाचार प्राप्त भएको छ।स्थानीय जितु साह,हरिन्द्र पटेल लगाएतका तस्करहरू इलाका प्रहरी कार्यलय छपकैंयाका वरिष्ठ सई अशोक बस्नेत लाई आर्थिक प्रलोभनमा पारी कपडाको लाइन पाएको छ। तस्करी सेटिङ्ग मिलाउन मुख्य भुमिका प्रहरी हवल्दार मोहन यादवले गर्ने गर्दछन। यादव इलाका प्रहरी कार्यालय छपकैंयाका घुमुवा हुन। कसलाई लाइन दिने,नदिने कसगं कति पैसा लिने,नलिने यादवको हाथमा रहन्छ।तस्कर हरिन्द्र पटेल,जितु साह दिनभरि ५० देखि १०० पोका मोटरसाइकल मार्फत रक्सौलबाट कपडा ल्याउने र साझ परेपछि वीरगन्ज हुँदै हेटौंडा देखि नारायणधाट पठाउने गरेका छन। यस्ता अवैध तस्करी रोकिएन भने नेपालको राजस्व संकलनमा कमि हुने निश्चित देखिन्छ। तसर्थ :यश विषयमा सम्बन्धित माथिलो निकाएको ध्यान जान अति आवशयक रहेको देखिन्छ ।