वीरगञ्ज, ६ भदौ । सशस्त्र प्रहरीले सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर २ बनैनियाबाट १ थान कटुवा पेस्तोल बरामद गरेको छ ।
बनैनिया बोर्डर क्षेत्रस्थित सशस्त्र बिओपीबाट सहायक प्रहरी निरीक्षक तुलसी राम कार्की नेतृत्वको ५ जनाको पैदल गस्ती टोलीले सरप्राइज चेक प्वाइन्ट थापी चेकजाँच गर्ने क्रममा भारतीय सीमाबाट नेपालतर्फ आउँदै गरेका २ जना अपरिचित व्यक्तिहरुले शंकास्पद वस्तु फालेर फरार भएपछि सशस्त्र प्रहरीले खोजतलाश गरेको थियो ।
खोजतलाशको क्रममा खेतबाट १ थान कटुवा पेस्तोल र ८ एमएमको एक राउण्ड गोली फेला परेको छिन्नमस्ता बाहिनीका बाहिनीपति गणेश ठाडा मगरले जानकारी दिए।